मुख्य समाचार
‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ | कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न |

मुगुका युवा रोजगारीका लागि भारत र ठूला सहरतिर पलायन

Ujyalosandeshonline 11768+ समाचार ( )
१० पौष २०८१, बुधवार

मुगु । यतिबेला मुगुका अधिकांश युवाहरु रोजीरोटी एवम जीवन निर्वाहका लागि नेपालका ठूला शहर र भारततिर लागेका छन् । गाउँमा रोजगारीका अवसरहरु नभएपछि उनीहरु ठूला शहर र भारततर्फ गएका हुन् ।

‘गाउँमा उत्पादन गरेको खेतीलेपरिवारको जीवन निर्वाह गर्न ६ महिना पनि नपुग्ने, बर्षेनी बाली लगाउनलाई सिँचाइ सुविधा नहुने साथै अन्य आय स्रोत नहुँदा उनीहरुले गाउँ छाडेका हुन् । स्थानीय सरकारले पनि रोजगारमूखी कार्यक्रमहरु नल्याउँदा युवा पलायन हुँदा गाउँमा जन्ती–मलामीको अभाव हुने गरेको स्थानीइ बताउँछन् ।

जिल्लाका सोरुगाँउपालिका अन्तरगत धैन,कालै,भिई,नार्थर्पु,फोतु,लिब्रु,कच्र्चे,रुम, ख्याल्च,बुम्च,सिरुपटा,खत्याड गाँउपालिकाको अमाले, लुमेरा , सेरी, जाम, जुम्फै, गम्था, कोटडाडा, रासकोटीवाडा, ह्रयाङ्गलु जस्ता गाउँहरु साथै छायानाथ रारा नगरपालिका अन्तरगत रुगा,रोवा,पिना, कार्कीवाडा, ढुम, बाम, मुन्दर कोटीला थार्प, तिर्थलगाउत पाँच दर्जन गाउँका युवाहरु पलायन भएका हुन् । 

सोरुगाँउपालिका–९ कि असौजी नेपाली भन्छिन्,‘गाउँ यतिबेला युवाविहीन छ । कोही विरामी परिहाले स्वास्थ्य केन्द्र पुर्याउने, विवाह–ब्रतबन्धमा सघाउने र कोही मृत्यु हुँदा मलामी जाने मान्छेको अभाव छ ।’स्थानीय सरकारले पनि रोजगारमूलक काम नल्याउने र राम्रा कार्यक्रमहरुमा आफ्ना नातागोताले अवसर पाउने गरेको उनले गुनासो गरिन् । 

मुगुमा एक नगरपालिका र तीन गाउँपालिकाले युवा लक्षित कार्यक्रमहरु ल्याएको दावी गरेका छन् । यहाँ अधिकास युवाहरु भारतका बिभिन्न शहरलगायत नेपालका काठमाडौ, धरान, बुटवल, चितवन, नेपालगंन्ज, भैरहवालगायतका शहरमा युवाहरु मजदुरी र व्यापार गर्न जाने गरेका छन् ।

स्थानीय सरकारका आयोजना वा रोजगारमूलक कार्यक्रमहरुमा आफूहरुको पहुँच नपुगेकाले भारतमा गएर मजदुरी गर्न बाध्य भएको सोरु गाँउपालिका–९का जाडनाथ योगीको भनाइ छ । तर सोरु गाउँपालिका ले युवाहरुलाई गाउँमै रोजगारी दिलाउने उद्देश्यले उपाध्यक्ष कोषमार्फत विभिन्न कार्यक्रमहरु ल्याएको दावी गरेको छ । युवा पलायन रोक्न भावी दिनमा अझ प्रभावकारी कार्यक्रम ल्याउने गाउँपालिका उपाध्यक्ष केशरजंग शाही बताउँछन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार