मुख्य समाचार
मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहरः महानिरीक्षक कार्की | दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान | जुम्लामा मार्सीधान काट्ने चटारो | सिँचाइ र सहरी विकासका लागि नयाँ कानुन निर्माण गरिँदै : मन्त्री सुनिल लम्साल | सिन्धुलीमा ‘टाटा सुमो ’ दुर्घटना : तीनको मृत्यु, तीन जना बेपत्ता | गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’ | पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै |

राष्ट्रिय औषधि प्रयोगशालाले प्राप्त ग-यो ‘आइएसओ’ मान्यता

Ujyalosandeshonline 12552+ समाचार ( )
१७ चैत्र २०८२, मङ्गलबार

काठमाडौँ । राष्ट्रिय औषधि प्रयोगशालाले अन्तरराष्ट्रिय प्रमाणीकरण ‘आइएसओ’ मान्यता प्राप्त गरेको छ । प्रयोगशालाले आइएसओ १७०२५ः२०१७ प्रमाणपत्र प्राप्त गरेको हो । स्थापनाको ६० वर्षपछि नेपालको एक मात्र औषधिको परीक्षण गर्ने सरकारी प्रयोगशाला ‘आईएसओ एक्रिडिटेसन सर्टिफाइड’ भएको हो । राष्ट्रिय औषधि प्रयोगशालाका निर्देशक भरत भट्टराईले प्रयोगशाला अब अन्तरराष्ट्रिय मापदण्डको सरकारी औषधि प्रयोगशालामा परिणत भएको र यसले औषधिको गुणस्तर सुनिश्चितताका लागि थप विश्वसनीयता आर्जन गर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “प्रयोगशालाको सिङ्गो टोलीको तीन वर्षको अथक मेहनतका कारण प्रयोगशालाले आइएसओ सर्टिफिकेट पाएको हो । सर्टिफिकेट प्राप्त गर्नका लागि व्यवस्थापन र गुणस्तरीयतामा विशेष काम गरेका छौँ ।”नेपालमा उत्पादन हुने र विदेशबाट आयात हुने औषधिको परीक्षण र विश्लेषण, गुणस्तर नियन्त्रण तथा व्यवस्थापन र गुणस्तर तथा विधि पुष्टि गर्ने काम प्रयोगशालाले गर्दै आएको छ । औषधि व्यवस्था विभागबाट प्राप्त नमूनाहरु, निजी क्षेत्रका औषधि उद्योग, विभिन्न निकाय र संस्थाबाट प्राप्त नमूना र अन्य औषधि परीक्षण गर्ने तथा निजी प्रयोगशालाको गुणस्तर जाँच गर्ने काम प्रयोगशालाले गर्दै आएको छ ।

त्यसैगरी, प्रयोगशालाले नियमनको लेखापरीक्षण गर्ने, स्वदेशमा उत्पादित, वितरित एवं विदेशबाट आयात हुने औषधिको गुणस्तर परीक्षण र विश्लेषण गर्ने, विश्लेषण विधि पुष्टि गर्ने सरकारी निकायबाट प्राप्त खोपको प्रमाणीकरण गर्ने र कुशल प्रयोगशाला अभ्यासहरुको निरीक्षण लेखापरीक्षण गर्दै आएको छ । औषधि ऐन, २०३५ को दफा ६ बमोजिम स्थापना भएको नेपाल औषधि अनुसन्धानशाला, औषधिको वैज्ञानिक अनुसन्धान, परीक्षण र विश्लेषण गर्ने सरकारको प्रमुख अङ्गका रुपमा रहेको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार