मुख्य समाचार
वर्तमान सरकारले सबै क्षेत्रमा निराशा मात्रै फैलायो : अध्यक्ष उपेन्द्र यादव | जुबेदा खातुन हत्या प्रकरण: दोषीमाथि कडा कारबाही गर्न पूर्व सांसद यादवद्वारा माग | त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ |

स्वास्थ्य मन्त्रालयद्वारा क्यान्सरको औषधिसहज उपलब्ध बिरामीलाई गराउने

Ujyalosandeshonline 12614+ समाचार ( )
२८ जेठ २०८३, बिहीबार

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले क्यान्सरको उपचारका लागि प्रयोग हुने औषधिको सहज उपलब्धता गराउन सहजीकरण गरेको छ । औषधि व्यवस्था विभागले क्यान्सरको उपचारका लागि हुने ‘कार्बोप्लाटिन’ औषधिको बिरामीलाई सहज उपलब्धता गराउन सजीकरण गरेको हो ।

विभागमा सूचना अधिकारी किरण सुन्दर बज्राचार्यले क्यान्सर अस्पतालमा ‘कार्बोप्लाटिन’ औषधिको सहज उपलब्धताका लागि सहजिकरण गर्न सम्पर्क व्यक्ति तोकिएको जानकारी दिनुभयो । उहाँले विश्वव्यापी आपूर्तिमा देखिएको अवरोधका कारणले क्यान्सर उपचारमा प्रयोग हुने औषधि अभाव देखिएपछि सहजीकरण गरिएको बताउनुभयो । 

उहाँका अनुसार जानकी अस्पताल नेपालगञ्ज, पूर्वाञ्चल क्यान्सर अस्पताल विर्तामोड, विराट मेडिकल कलेज विराटनगर, वविना फर्मा पोखरा, पुनम फार्मेसी धरान, राजदूत प्रालि भरतपुर, मल्ल फर्मास्युटिकल्स पोखरा, ताज नेपाल प्रालि काठमाडौँ, डिकेएम फर्मास्युटिकल्स प्रालि काठमाडौँ, सिजल फर्मा र अनमोल हेल्थ केयर काठमाडौँलाई औषधि सहजताका लागि सम्पर्क गर्न तोकिएको छ । 

“बजारमा अहिले ‘कार्बोप्लाटिन’ औषधि नियमित उपलब्धता सुनिश्चिता गर्न र आवश्यक समन्वय गर्न सम्पर्क संस्था ताकिएको छ”, उहाँले भन्नुभयो, “जसले गर्दा बिरामीलाई  औषधि उपलब्धता सहज हुन्छ ।” भक्तपुर क्यान्सर अस्पताल, चितवनस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलगायतमा क्यान्सर रोगको किमोथेरापीमा उपचारमा प्रयोग हुने औषधिको अभाव देखिएको हो ।

नेपाल औषधि आपूर्तिकर्ता सङ्घका अध्यक्ष पवन आचार्यले विभागसँगको समन्वयमा अभाव भएको क्यान्सरको औषधि बिरामीलाई उपलब्ध गराइने बताउनुभयो । “अन्तरराष्ट्रय रुपमा ती औषधिको मूल्य बढेकाले नेपालमा पहिलेकै मूल्यमा औषधि बिक्री गर्न नसकिएकाले अहिले निर्यातमा समस्या देखिएको हो”, उहाँले भन्नुभयो, “तर बिरामी उपचारमा ध्यान दिएर हामीले सहज उपलब्ध गराउन अस्पताल र फार्मेसी तोकेका छौँ ।” उहाँले औषधिको मूल्य समायोजन हुनसाथ औषधि नेपालमा आयात गर्ने बताउनुभयो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार