मुख्य समाचार
पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना | भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद | काँग्रेसमा गुट-उपगुट अन्त्य गरी पार्टीलाई एकढिक्का बनाउन नेताहरूको जोड | प्रधानमन्त्री शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने |

नेपाल वायुसेवा निगमद्वारा असोज मसान्तसम्मको जहाजको ऋण भुक्तानी

Ujyalosandeshonline 12547+ समाचार ( )
३१ अशोज २०८२, शुक्रबार

काठमाडौँ । नेपाल वायुसेवा निगमले २०८२ असोज मसान्तसम्मको जहाजको ऋण भुक्तानी गरेको छ । निगमले अन्तरराष्ट्रिय उडानका लागि खरिद गरिएका दुई न्यारोबडी र दुई वाइडबडी जहाजका लागि कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको ऋण दायित्वमध्ये दुई न्यारोबडी जहाजको असोज मसान्तसम्मको किस्ताबापत पूरा र दुई वाइडबडी जहाजको आंशिक गरी असोज ३१ गते जम्मा रु ५३ करोड नौ लाख ५५ हजार २८१ रकम भुक्तानी गरेको निगमका प्रवक्ता सुवास डाँगीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “वायुसेवा निगमको व्यवस्थापन वर्तमान नेतृत्वले सम्हालेपश्चात निगमले जहाज खरिदसम्बन्धी ऋण दायित्व शीर्षकअन्तर्गत २०८२ असोज मसान्तसम्मको अवधिमा कुल रु आठ अर्ब ४५ करोड २४ लाख १८ हजार ६५७ किस्ता रकम भुक्तानी गरिसकेको छ ।”

त्यसैगरी, विश्वव्यापी कोभिड–१९ महामारीका कारण निगमको व्यापारमा समेत प्रतिकूल असर परेकाले सोे अवधिको ब्याजको ब्याज, हर्जाना र पेनल छुट गरी सहयोग गरिदिन एवं किस्ताको सङ्ख्या वृद्धि गरेर ऋण दायित्व भुक्तानीलाई सहजीकरण गरिदिन कर्मचारी सञ्चय कोष तथा नागरिक लगानी कोषलाई अनुरोधपत्र पठाएको र यस सम्बन्धमा सकारात्मक छलफलसमेत भइरहेको प्रवक्ता डाँगीले बताउनुभयो । रासस

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै