मुख्य समाचार
त्रिभुवन र कान्ति राजमार्गमा दुईतर्फी यातायात सञ्चालन | डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु | दीप प्रज्वलन गरी धकधईमा मनाइयो नमुना माध्यमिक विद्यालयको वार्षिक उत्सव | बुद्ध–परिपथले जोडिँदै पनौती, नमोबुद्ध र तेमाल | कर्णालीका नागरिकलाई आश्वासन होइन परिणाम चाहियो : सांसद ज्ञानु पौड्याल | घटनामा दोषी देखिएकालाई कारबाही हुन्छः मन्त्री यादव | कर्णाली प्रदेशका पूर्व कानूनमन्त्री शाहीको निधन | बयानब्बे जनामा डेङ्गु सङ्क्रमण | रसुवा बाढीः १५ जनाको सनाखत, तीन हजार ७०० बढी अझै बेपत्ता | पाल्पामा प्रहरीको विशेष चेकिङ : मापसे चालकविरुद्ध सार्वजनिक हितविरुद्धको मुद्दा |

दृष्टिविहिन बालबालिकालाई सिटिजनको सहयोग

Ujyalosandeshonline 12334+ समाचार ( )
१४ असार २०८२, शनिबार

मुगु । सिटिजन बैंक गमगढी शाखाले दृष्टिविहिन बालबालिकाहरुलाई लत्ताकपडा लगायत अन्य सामान सहयोग गरेको छ । मुगु जिल्लाको छायानाथ रारा नगरपालिका २ चैन गाउँमा रहेको श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा विशेष शिक्षा अन्तरगत अध्ययनरत १० जना दृष्टिविहिन बालबालिकाहरुलाई सिटिजन बैंक गमगढी शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत लत्ताकपडा सहयोग गरेको हो ।

उनीहरुलाई सुत्नको लागि प्रयोग गरिने ओड्ने, ओछ्याउने, खानेपानीको लागि फिल्टर लगायत अन्य सामाग्री उपलब्ध गराएको सिटिजन बैंक मुगु गमगढी शाखाका प्रबन्धक कलम सेजुवाले जानकारी दिएका छन् । 

सोही विद्यालयका प्रधानध्यापक दिलिप कुमार शाहिले ओढ्ने ओछ्याउने लत्ता कपडा पाएपछि विद्यार्थीहरु खुसि भएको भन्दै बैकप्रति आभार सहित धन्यवाद व्यक्त गरेका छन् । साथै प्रत्येक वर्ष बैंकले प्रदान गर्ने संस्थागत सामाजिक उत्तर दायित्व कार्यक्रमको रकमलाई यो आर्थिक वर्षमा शैक्षिक संस्थालाई प्रदान गरिएको प्रबन्धक सेजुलालले  बताए ।

त्यस्तैगरी, जिल्लाकै छायानाथ रारा नगरपालिका–१ गमगढी बजारमा रहेको महाकाली माध्यमिक विद्यालयमा अध्यनरहत फरक क्षमता भएका बालबालिकालाई २५ हजार बराबरको खाजा र मीन माध्यमिक विद्यालय भारेकोटलाई २५ हजार बराबरको खेलकुद सामाग्री वितरण गरेको सिटिजन बैंक गमगढी शाखाले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार