मुख्य समाचार
नारायणी नदीले बगाएको राइनो क्रुज अझै झिक्न सकिएन | व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल | भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार | पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन | निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छः संयोजक दाहाल | कांग्रेसले आफूलाई समयअनुसार रुपान्तरण गरेको छ : डा भट्टराई | कर्णाली राजमार्गमा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा |

मानव बेचबिखनका दलाललाई कडा सजाय देउ, सीमापारि नर्कमा रहेका चेलीको तत्काल उद्धार गर: सांसद पौड्याल

Ujyalosandeshonline 12457+ समाचार ( )
३१ वैशाख २०८३, बिहीबार

भैरहवा । प्रतिनिधि सभा सदस्य ज्ञानु पौड्यालले मानव बेचबिखन जस्तो जघन्य अपराधमा संलग्न दलाल र गिरोहलाई कडाभन्दा कडा सजाय दिन सरकारसँग जोडदार माग गर्नुभएको छ। प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद पौड्यालले मुलुकको अस्मितासँग जोडिएको यो विषयमा राज्य निकै गम्भीर बन्नुपर्ने बताउनुभयो। सदनलाई सम्बोधन गर्दै सांसद पौड्यालले नुवाकोटका १४–१५ वर्षका दुई निर्दोष नेपाली किशोरीहरूको हृदयविदारक भोगाइ सार्वजनिक गर्नुभयो।

भारतको कलकत्तास्थित सोनागाछीमा बेचिएका ती बालिकाहरूलाई दुई वर्षसम्म एउटै कोठामा थुनेर, विभिन्न औषधि र हर्मोनको प्रयोग गरी चरम यातना दिइएको घटनाले नेपाली समाजको संवेदनशीलतामाथि प्रश्न उठाएको उहाँको तर्क थियो। हाल ती बालिकाहरूलाई नेपाली राजदूतावास र ‘किन इन्डिया’ नामक संस्थाको सक्रियतामा उद्धार गरी स्वदेश फर्काइएको जानकारी दिँदै उहाँले यो घटना सतहमा देखिएको एउटा प्रतिनिधि पात्र मात्रै भएको उल्लेख गर्नुभयो।

सांसद पौड्यालले उद्धार गरिएका बालिकाहरूको बयान उद्धृत गर्दै भारतका दिल्ली, मुम्बई र कलकत्ता लगायतका सहरमा अझै पनि थुप्रै नेपाली किशोरीहरू नर्कतुल्य जीवन बिताउन बाध्य रहेको खुलासा गर्नुभयो। "यो केवल मानव बेचबिखन मात्र होइन, यो सम्पूर्ण नेपाली समाज र मानवताविरुद्धको अपराध हो, राज्यकै संवेदना र सुरक्षामाथिको ठुलो चुनौती हो," उहाँले आक्रोश व्यक्त गर्नुभयो।

उहाँले भारतस्थित नेपाली दूतावास, सुरक्षा निकाय र विभिन्न सामाजिक संस्थाहरूसँग समन्वय गरी तत्काल 'विशेष उद्धार अभियान' सञ्चालन गर्न सरकारलाई आग्रह गर्नुभयो। जोखिममा रहेका चेलीहरूको खोजी, उद्धार र सुरक्षित स्वदेश फिर्तीसँगै उनीहरूको पुनस्र्थापनाको प्रभावकारी व्यवस्था मिलाउन समेत उहाँले माग राख्नुभयो।

सम्बोधनको अन्त्यमा सांसद पौड्यालले उद्धार गरिएका पीडितहरूको शिक्षा, स्वास्थ्य र मनोसामाजिक उपचारको पूर्ण ग्यारेन्टी गर्दै उनीहरूलाई समाजमा सम्मानजनक पुनर्जीवन सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो। अबका दिनमा कुनै पनि नेपाली चेली बेचिनु नपर्ने र कुनै पनि आमाबाबुले आफ्नी छोरी हराएको पीडामा रुन नपर्ने वातावरण सिर्जना गर्न सरकार निकै गम्भीर हुनुपर्ने उहाँको भनाइ थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार