मुख्य समाचार
निषेधित क्षेत्र घुमेका पर्यटकबाट बर्सेनि उठ्छ करोडौँ राजस्व | मर्चवारको पूर्वाधार विकासलाई प्राथमिकता दिन्छौँ : मन्त्री लम्साल | दुनाटपरी उद्योगले खोल्यो तानसेनका महिलालाई आम्दानीको बाटो | मर्चवारको विकासका लागि सडक, स्वास्थ्य र शिक्षालाई प्राथमिकता दिइने: पूर्वाधार विकासमन्त्री लम्साल | पोखरा-जोमसोम नियमित हवाई सेवा स्थगित | विपश्यना आत्मशुद्धि र शान्तिको मार्ग | नेपाली महिला यु–१९ क्रिकेट टोलीको बन्द प्रशिक्षण भैरहवामा | निकुञ्ज चाडपर्व लक्षित सुरक्षा योजना : तालिम प्राप्त कुकुरद्वारा निगरानी | ‘दसैँ गाउँमा नै रमाइलो’ | मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहरः महानिरीक्षक कार्की |

जुम्लामा एक हजार ९०० क्विन्टल चामल मौज्दात

Ujyalosandeshonline 12560+ समाचार ( )
१५ भाद्र २०८३, सोमबार

जुम्ला । जुम्लास्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा एक हजार ९०० क्विन्टल चामल मौज्दात रहेको छ । चालु आर्थिक वर्षका लागि सरकारले पाँच हजार क्विन्टल खाद्यान्नको कोटा जिल्लाका लागि निर्धारण गरेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालयका प्रमुख मनोज जोशीले जानकारी दिनुभयो । अहिले नियमित रूपमा नेपालगन्जबाट ढुवानीकार्यलाई तीव्रता दिएपछि खोदाममा खाद्यान्न मौज्दात सन्तोषजनक छ । प्रतिदिन करिब ९० क्विन्टल चालम बिक्री हुने गरेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीका प्रमुख जोशीको भनाइ छ ।

अत्यधिक रूपमा पछिल्लो समयमा चामलको माग आउने गरेको छ । कम्पनीको वार्षिकोत्सवका अवसरमा पारी साउन २८ गतेदेखि रु १२५ छुट गरी सहुलियत मूल्यको पसल सञ्चालन गरी खाद्यान्न बिक्री वितरण गरिएको छ । खाद्य कम्पनीले अहिले अरुवा मोटा चामललाई प्रतिबोरा रु एक हजार ४००, अरुवा सोना मन्सुली रु एक हजार ४२५, मध्यम चामल रु एक हजार ४५० र स्टिम जिरा चामलको रु दुई हजार १७५ मूल्य तोकेको छ । खाद्य कम्पनीबाट चिनी, भटमासको तेल र सूर्यमुखी तेल बिक्री हुने गरेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालयले जनाएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार