मुख्य समाचार
सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार | पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन | निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छः संयोजक दाहाल | कांग्रेसले आफूलाई समयअनुसार रुपान्तरण गरेको छ : डा भट्टराई | कर्णाली राजमार्गमा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा | दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त | नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै | भैरहवाबाट अवैध रूपमा भारत लैजाँदै गरिएको फर्सीको बीउ बरामद |

प्रधानमन्त्री कप महिला क्रिकेटः कर्णालीको लगातार चौथो हार

Ujyalosandeshonline 12455+ समाचार ( )
९ पौष २०८०, सोमबार

काठमाडौं । काठमाडौं जारी प्रधानमन्त्री कप महिला टी-२० राष्ट्रिय क्रिकेटमा कर्णाली प्रदेशले लगातार चौथो हार बेहोरेको छ ।

आज सोमवार कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा भएको खेलमा कर्णाली लुम्बिनी प्रदेशसँग ३० रनले पराजित भयो ।

लुम्बिनीले दिएको १ सय ३४ रनको लक्ष्य पछ्याएको कर्णालीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ३ रनमात्र बनाउन सक्यो । कर्णालीका लागि गौरी बोहराले सर्वाधिक २२ रन बनाइन् ।

बलिङतर्फ लुम्बिनीकी सरस्वती पुन र कृतिका मरासिनीले समान २ विकेट लिइन् ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनीले २० ओभरमा ५ विकेट गुमाएर १ सय ३३ रन बनायो । लुम्बिनीका लागि कप्तान सरस्वती जीएमले नट आउट ५३ रन बनाइन् ।

बलिङतर्फ कर्णालीकी यमुना थारु, रश्मी खड्का र तृसना विश्वकर्माले समान १ विकेट लिइन् ।

कर्णालीको ४ खेल हार्दै तालिकाको पुछारमा छ । लुम्बिनी ४ खेलमा ४ अङ्क जोड्दै तालिकाको पाँचौँ स्थानमा छ ।

प्रतिक्रिया

t १० अशोज २०७९, सोमबार

t

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार