मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

कर्णालीमा पूर्वाधार विकासको गति : २१ महिनामा ९५ किमि सडक कालोपत्रे

Ujyalosandeshonline 11005+ समाचार ( )
२ वैशाख २०८२, मङ्गलबार

सुर्खेत । कर्णालीको पूर्वाधार बिकासले पछिल्लो समय गति लिन थालेको छ । पछिल्लो २१ महिनाको अवधीमा कर्णालीमा भएको पूर्वाधार बिकासले यहाँको बिकासमा आशा लाग्दो संकेत देखिएको छ । आर्थिक बर्ष २०८०÷०८१ र चालु आर्थिक बर्षको नौ महिनामा कर्णालीको ९५ किलोमिटर सडक कालोपत्रे गरिएको छ भने दुई सय पाँच किलोमिटर सडक ग्राभेल सम्पन्न भएको छ ।

यही अवधीमा ५ सय २५ किलोमिटर सडक कटान गरी ट्रयाक खोल्ने कार्य सकिएको भौतिक पूर्वाधार तथा शहरी बिकास मन्त्रालयले जनाएको छ । ग्रामीण सडक सञ्जाल सुधार आयोजनाअन्तर्गत सुर्खेतको दशरथपुर–जितेजुवा–ढाँडखेत–मटेला–धरमपोखरा सडक, जाजरकोटको पश्चिम क्षेत्रमा रहेको शिवालय गाउँपालिकाको मोर्क हुँदै छेडागाड नगरपालिकाको चङ्खिला–बडावन–जुनिचाँदेको सानाखोलाको काम सुरु भएको छ । 

रुकुम–पश्चिमको चौरजहारी नगरपालिकाको नार्जी–खोलागाउँ–चौखा–बैरागीठाँटी, मुसीकोट–सल्ले सडकको कालोपत्रको काम सुरु गरिएको उनले जानकारी दिए । आर्थिक वर्ष २०८१÷८२ का लागि बहुवर्षे ठेक्का हुने गरेर कर्णालीमा आठ वटा नयाँ मोटरेबल पुल निर्माणका लागि स्वीकृति दिइएको छ र एउटा बेलिब्रिज निर्माण गर्नका लागि सहमति प्रदान गरिएको पूर्वाधार तथा सहरी विकास मन्त्रालयका प्रवक्ता रमेश सुवेदीले जानकारी दिए । उनका अनुसार यही अवधीमा कर्णालीमा २३ पक्की पुल र ४२ झोलुङ्गे पुल गरी जम्मा ६५ पुल निर्माण सम्पन्न भएका छन् । 

सुर्खेतमा चार झोलुङ्गे पुल, चार सडक, दुई सडक तथा पुल र अन्य संरचना गरी एघार योजनाको स्रोत सुनिश्चित गरिएको छ । दैलेखमा दुई मोटरेबल पुल, आठ झोलुङ्गे पुलको लागि बजेट सुनिश्चित गरिएको छ । मुगुमा छ वटा योजनाको मात्र स्रोत सुरक्षित गरिएको छ । हुम्लामा तीन, डोल्पामा आठ, जाजरकोटमा चार, कालीकोटमा तीन, दैलेखमा आठ, सल्यानमा सात र जुम्लामा चार योजनाको बजेट सुनिश्चित गरिएको छ । कर्णाली ६१ योजनाको स्रोत सुरक्षित गरिएको मन्त्रालयका प्रवक्ता सुवेदीले जानकारी दिए । 

प्रादेशिक तथा स्थानीय सडक सुधार आयोजनाअन्तर्गत दैलेखको डुङ्गेश्वर–डाँडापराजुल सडक स्तरोन्नति तथा दैलेखको सम्झौताको काम पूरा भएर काम सुरु हुन लागेको छ । गल्फागाड–थालाकाटे सडक स्नरोन्नतिको कामसमेत सुरु भएको छ । 

राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गरी वीरेन्द्रनगरस्थित रङ्गशाला वरिपरि, सुर्खेत विमानस्थल जोड्नेलगायतका सडक कालोपत्र गर्ने काम पूरा भएको उहाँले जानकारी दिनुभयो । हुम्लाको खार्पु–सिमकोट नमुना एकीकृत पूर्वाधार विकास कार्यक्रम तथा डोल्पाको शे–फोक्सुण्डो गाउँपालिकाको रिङ्बो बस्ती विकास कार्यक्रमको सम्झौता हुने चरणमा रहेको जानकारी गराइएको छ । प्रादेशिक सडक गुरुयोजना अद्यावधिक गरी स्वीकृतिको अन्तिम चरणमा रहेको जनाइएको छ । सुस्त गतिमा काम गरिरहेका करिब ३५ सडक तथा पुल आयोजनाको हाल दुई तिहाइ आयोजनामा प्रगति सन्तोषजनक रूपमा अघि बढेको मन्त्रालयको दाबी छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार