मुख्य समाचार
कर्णाली राजमार्गमा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा | दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त | नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै | भैरहवाबाट अवैध रूपमा भारत लैजाँदै गरिएको फर्सीको बीउ बरामद | चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही | मन्त्री पोखरेलद्वारा देउखुरी क्रिकेट रङ्गशालाको निरीक्षण | रोहिणीमा मन्त्री गीता चौधरीको उपस्थितिमा जनतासँग गुनासो सुनुवाइ | हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह | ७१ औँ प्रहरी दिवसका अवसरमा चापाकोटको शीतलपार्कमा सरसफाइ | दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत |

युवा उत्सवमा सहभागी हुन अर्घाखाँचीका २ सय ५० युवा काठमाडौं जाने

Ujyalosandeshonline 12450+ समाचार ( )
४ वैशाख २०८२, बिहीबार

शोभाखर पन्थी

अर्घाखाँची । नेकपा एमालेद्वारा काठमाडौंमा आयोजना हुने युवा उत्सवमा अर्घाखाँची बाट करिब २ सय ५० युवाको सहभागिता रहने भएको छ । लोकतान्त्रिक  गणतन्त्रको बीजारोपण  भएको र जनताले जितेको ऐतिहासिक दिनका रूपमा बैशाख ११ गते काठमाडौंको भृकुटी मण्डपमा आयोजना हुन लागेको उत्सवमा जिल्लाका प्रत्येक वडा बाट कम्तिमा ३ जनाको सहभागिता सुनिश्चित हुनेगरी करीब २ सय ५० जना काठमाडौं जाने तयारी भएको एमालेले जनाएको छ ।

यसैबीच नेकपा एमाले जिल्ला सचिवालयको बैठक आज जिल्ला पार्टी कार्यालय सन्धिखर्कमा सम्पन्न भएको छ । बैठकले बैशाख ११ गते काठमाडौंमा हुने युवा उत्सवमा जिल्लाको सहभागिता बारे ठोस योजना निर्माण गरेको छ । साथै बैठकले बैशाख-९ गते नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसको अबसर पारी सन्धिखर्कमा बिचार गोष्ठी संचालन गर्ने निर्णय गरेको छ । 

बैठकले पार्टीले संचालन गरेको वडा केन्द्रित पार्टी निर्माण अभियान-२०८१ बारे समिक्षा गर्नुका साथै पार्टी सदस्यता नविकरण र बिस्तारको कामलाई थप तिब्र बनाउने, जनताको चाहना र स्थानीय आवश्यकताको आधारमा वडा तहदेखि नै विकासका योजना छनौट गरी पठाउन आग्रह गर्ने लगायत पार्टी जिवनमा प्रभाव पार्ने विभिन्न महत्त्वपूर्ण निर्णयहरु गरेको  नेकपा एमालेका कार्यालय सचिव लिला बरालले जानकारी दिनुभयो ।  साथै बैठकले पार्टीका नेता , शैक्षिक तथा सामाजिक व्यक्तित्व सन्धिखर्क -२ शंखेटारी निवासी कृष्णप्रसाद पोख्रेलको निधन प्रति गहिरो दु:ख व्यक्त गर्दै उहाँको निधनले पार्टीलाई अपुरणीय क्षति भएको भन्दै , दिवंगत नेता पोख्रेल प्रति भावपुर्ण श्रध्दाञ्जलि अर्पण गर्दै शोकाकुल परिवारजनमा समवेदना प्रकट गर्ने निर्णय गरेको छ ।

बैठक नेकपा एमाले केन्न्द्रीय सल्लाहकार परिषद सदस्य नरेन्द्र कुमार क्षेत्रीको प्रमुख अतिथ्यता,जिल्ला कमिटी अध्यक्ष पीताम्बर भुसालको अध्यक्षता, उपाध्यक्ष शम्भुप्रसाद पोख्रेलको स्वागत मन्तव्य र सचिव तोजबहादुर रायमाझी बिधानको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार