मुख्य समाचार
कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन |

भन्सार छलेर भित्र्याइएको ठूलो परिमाणको कपडा नवलपरासीमा पक्राउ

Ujyalosandeshonline 12441+ समाचार ( )
२ भाद्र २०८३, मङ्गलबार

भैरहवा । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) प्रहरीले भन्सार छलेर भित्र्याइएको ६२ लाख ५० हजार रुपैयाँभन्दा बढी मूल्यको कपडासहित एउटा ट्रक नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक अनिल पण्डितका अनुसार विशेष सुराकीका आधारमा खटिएको टोलीले कावासोती नगरपालिका–८ स्थित फलफूल चोकबाट ना ३ ख ४६७२ नम्बरको ट्रकसहित उक्त कपडा बरामद गरेको हो।

पश्चिमबाट नारायणगढतर्फ जाँदै गरेको सो ट्रकबाट प्रहरीले २ हजार १६० थान कुर्था सुरुवाल, १ हजार ५०० थान साडी र १४ हजार ५६२ मिटर काँचो कपडा नियन्त्रणमा लिएको छ। सीमावर्ती नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) बाट छुटेको उक्त ट्रक मुख्य राजमार्गका दर्जनौँ प्रहरी चेकपोइन्ट सजिलै पार गर्दै त्यहाँसम्म पुगेपछि स्थानीयहरूले प्रहरी प्रशासनको सुरक्षा संयन्त्र र निगरानीमाथि प्रश्न उठाएका छन्। नियन्त्रणमा लिइएको कपडा, ट्रक र चालकलाई थप कारबाहीका लागि महेशपुर भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार