मुख्य समाचार
निषेधित क्षेत्र घुमेका पर्यटकबाट बर्सेनि उठ्छ करोडौँ राजस्व | मर्चवारको पूर्वाधार विकासलाई प्राथमिकता दिन्छौँ : मन्त्री लम्साल | दुनाटपरी उद्योगले खोल्यो तानसेनका महिलालाई आम्दानीको बाटो | मर्चवारको विकासका लागि सडक, स्वास्थ्य र शिक्षालाई प्राथमिकता दिइने: पूर्वाधार विकासमन्त्री लम्साल | पोखरा-जोमसोम नियमित हवाई सेवा स्थगित | विपश्यना आत्मशुद्धि र शान्तिको मार्ग | नेपाली महिला यु–१९ क्रिकेट टोलीको बन्द प्रशिक्षण भैरहवामा | निकुञ्ज चाडपर्व लक्षित सुरक्षा योजना : तालिम प्राप्त कुकुरद्वारा निगरानी | ‘दसैँ गाउँमा नै रमाइलो’ | मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहरः महानिरीक्षक कार्की |

१३ किलो लागू औषधसहित दुईजना पक्राउ

Ujyalosandeshonline 12560+ समाचार ( )
२९ माघ २०८१, मङ्गलबार

बारा । बारा प्रहरीले १३ किलो लागू औषध अफिम जस्तो पदार्थ सहित दुई  जनालाई पक्राउ गरेको छ । हेटौडाबाट वीरगंजतर्फ जादै गरेको प्रदेश २ ०३–००१ प १६१४ नम्बरको स्कुटीबाट लागू औषध अफिम जस्तो पदार्थ सहित १ लाख ३३ हजार रूपैया प्रहरीले बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यलय बाराका अनुसार स्कुटी चालक मकवानपुर मनहरी गाउपालिका वडा नम्बर ६ बस्ने बर्ष ५४ को सुर्य बहादुर मोक्तान र स्कुटी पछाडी सवार मकवानपुर कैलाश गाउँपालिका वडा नम्बर ८ बस्ने बर्ष ४५ का भीम बहादुर मोक्तानलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय बाराका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाका अनुसार विशेष सूचनाको आधारमा मगलबार बिहान प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरी टोलीले हेटौडाबाट वीरगंजतर्फ जाँदै गरेको स्कुटी रोक्न खोज्दा नरोकी फरार भएको थियो ।

जीतपुर सिमरा उप–महानगरपालिका वडा नम्बर १ पथलैया चोकमा नरोकी फरार भएको स्कुटीलाई प्रहरी टोलीले पच्छयाउँदै जाने क्रममा वडा नम्बर २ सूर्य नेपाल अगाडी फेला पारेको उनले जानकारी दिए ।

स्कुटीको डिक्कीभित्र लुकाई छिपाइ राखिएको अवस्थामा लागू औषध अफिमजस्तो पदार्थ र नगद एकलाख ३३ हजार ६५५ रुपैयाँ वरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । पक्राउ परेका व्यक्तिहरू नियन्त्रणमा लिई आवश्यक कानूनी प्रक्रिया अगाडी बढाइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार