मुख्य समाचार
त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ | नेपाल-भारत १०औँ समन्वय बैठक काठमाडौँमा सम्पन्न, सीमा सुरक्षा र प्रविधि प्रयोगमा जोड | परासीमा ट्रकको ठक्करबाट पत्रकार पोख्रेलको निधन |

नेपालमा पहिलो पटक ‘रेन्बो टुरिजम एम्बेसडर’ घोषणा

Ujyalosandeshonline 12612+ समाचार ( )
५ माघ २०८०, शुक्रबार

काठमाडौं । नेपालले पहिलो पटक ‘रेन्बो टुरिजम एम्बेसडर’(पर्यटन दूत) पाएको छ । नेपाल पर्यटन बोर्डले एसियाकै पहिलो समलिंगी सभासद् सुनिलबाबु पन्तलाई ‘रेन्बो टुरिजम एम्बेसडर’ घोषणा गरेको हो ।

नेपाल सरकार, पर्यटन बोर्ड, संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) र मायाको पहिचान नेपालले आयोजना गरेको समावेशी (रेन्बो) पर्यटन सम्भाव्यता राष्ट्रिय परामर्शमा पन्तलाई रेन्बो टुरिजम एम्बेसडर घोषणा गरिएको हो । 

पर्यटन बोर्डकी वरिष्ठ निर्देशक नन्दिनी लाहे थापा, अमेरिकी राजदूतावास काठमाडौँका डेपुटी चिफ अफ मिसन जेसन पी.मिक्स, संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम युएनडिपी नेपालका आवासीय प्रतिनिधि आइसानी एम लादे, बेलायती दूतावासका स्याली डंकनले संयुक्त रूपमा पन्तलाई एम्बेसडर घोषणसहितको प्रशंसा पत्र प्रदान गरे । 

मिस डायमन्ड नेपाल २०२१ र साहसी कदम नेपालका उपाध्यक्ष सरोजी न्यौपानेले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका लागि नेपाल समावेशी रहेको सन्देश दिन पर्यटन दूत घोषणाले सहयोग गर्ने बताइन । कार्यक्रम सञ्चालन समेत मिस डायमन्ड सरोजीले गरेकी थिइन् । 

यौनिक तथा लैङ्गिक अल्पसंख्यक नागरिकको पहिचान र अधिकारका लागि नेपालमा पहिलो संस्थागत अभियान सुरु गर्ने पन्तलाई दूत घोषणा गरेर नेपाल यो समुदायका लागि समावेशी रहेको सन्देश प्रवाह गरेको पर्यटन बोर्डले जनाएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार