मुख्य समाचार
रोहिणीबाट रु. २६ लाखभन्दा बढीको अवैध मोटर पार्टस र गाडीसहित चालक पक्राउ | डोल्पा तीन स्थानीय तहद्वारा पाँच लाख सहयोग | ‘स्थलगत अध्ययन नगरी पञ्चकुण्ड हिमताललाई जोखिमयुक्त भन्न मिल्दैन’ | अर्घाखाँची सिमेन्टद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु छ लाख ७५ हजार सहयोग | पहिरोले अवरुद्ध कालीगण्डकी करिडोर सडक सञ्चालन | महाकालीमा पानीको बहाव वर्षकै उच्च | नागरिकको दुःखमा मलम लगाउन ओमसतिया गाउँपालिका तत्पर: प्रधानमन्त्री राहत कोषमा रु. २४ लाख सङ्कलन | ठाडेखोला कल्भर्ट निर्माण गरिँदै | मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु | सुदूरपश्चिममा गौरा पर्व सुरु : घरघरमा बिरुडा राखी मनाइँदै |
मुख्य समाचार
रोहिणीबाट रु. २६ लाखभन्दा बढीको अवैध मोटर पार्टस र गाडीसहित चालक पक्राउ | डोल्पा तीन स्थानीय तहद्वारा पाँच लाख सहयोग | ‘स्थलगत अध्ययन नगरी पञ्चकुण्ड हिमताललाई जोखिमयुक्त भन्न मिल्दैन’ | अर्घाखाँची सिमेन्टद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु छ लाख ७५ हजार सहयोग | पहिरोले अवरुद्ध कालीगण्डकी करिडोर सडक सञ्चालन | महाकालीमा पानीको बहाव वर्षकै उच्च | नागरिकको दुःखमा मलम लगाउन ओमसतिया गाउँपालिका तत्पर: प्रधानमन्त्री राहत कोषमा रु. २४ लाख सङ्कलन | ठाडेखोला कल्भर्ट निर्माण गरिँदै | मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु | सुदूरपश्चिममा गौरा पर्व सुरु : घरघरमा बिरुडा राखी मनाइँदै |


पोखरामा प्रदेशस्तरीय युवा सम्मेलन : १० युवा ‘आईकन अफ प्रदेश’घोषित

Ujyalosandeshonline 12208+ समाचार ( )
१४ मंगशिर २०८१, शुक्रबार

पोखरा । नेपालको पर्यटकीय राजधानी पोखरामा ‘गण्डकी प्रदेश युवा सम्मेलन’ शुरु भएको छ । नेपाल युवा परिषद्को आयोजनामा पोखराको रोयल महलमा शुरु भएको सम्मेलनलाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गरे ।

मुख्यमन्त्री पाण्डेले युवाहरु विदेशिने ग्लोबल ट्रेन भएको भएको भन्दै युवा विदेशिए पनि देशप्रतिको दायित्व कहिल्यै बिर्सन नहुने बताए । विदेश गएका युवाले देश र राष्ट्रको भविष्यप्रति चिन्ता गर्नुपर्ने र स्वदेशप्रति गाली थोपर्ने नहुने सुझाव दिए ।

कार्यक्रममा सामाजिक बिकास मन्त्रालयका सचिव तोयनाथ लम्साल, योजना आयोग गण्डकी प्रदेशका उपाध्यक्ष डा.कृष्ण देवकोटा, प्रेस रजिष्ट्रार बिमला भण्डारीलगायतले युवाका बिषयमा मन्तब्य राखेका थिए । शुक्रबारबाट शुरु भएको सम्मेलन शनिबार समापन हुनेछ ।

कार्यक्रममा आयोगका उपाध्यक्ष देवकोटा, पोखरा महानगरका प्रमुख धनराज आचार्य, कृषी उद्यमी बोधराज अर्याल लगायतले विभिन्न बिषयमा कार्यपत्र प्रस्तुत गर्नेछन् । प्रदेशभरबाट सहभागी करिब २०० जना युवाहरुबीच वृहत छलफलपश्चात पोखरा घोषणापत्र समेत जारी हुने नेपाल युवा परिषद्का अध्यक्ष सरोज बाँनियाले जानकारी दिए ।

‘उद्यमी युवा समृद्ध देशः दिगो विकास लक्ष्यमा समान परिवेश भन्ने नाराका साथ ५ प्रदेश (बाग्मती, लुम्बिनी, कणर्ाली, कोशी र सुदुरपश्चिम) मा प्रदेश युवा सम्मेलन सम्पन्न भइसकेको छ ।

तीनै तह अहिले आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम निर्माणको चरणमा रहेको बेला नेपाल युवा परिषदले प्रदेश युवा सम्मेलन गरी हरेक प्रदेशको प्रादेशिक कार्ययोजना निर्माण गरी प्रदेश सरकार, प्रदेश नीति तथा योजना आयोग र सामाजिक विकास मन्त्रालयलाई बुझाउने लक्ष्यका साथ सम्मेलन आयोजना गरिएको बानियाँले बताए।

कार्यक्रमको सहयोगी संस्था एनसेल फाउण्डेसन रहेको छ भने पोखरा महानगरपालिकाले सहयोग गरेको छ । यस्तै पोखरा नगर युवा परिषद्, सामाजिक बिकास युवा तथा खेलकुद मन्त्रालय, युवा क्लव सञ्जाल गण्डकी प्रदेश, पोखरा रिसर्च सेन्टर, खल्ती लगायतका संस्थाले पनि सहयोग गरेका छन् ।

१० युवालाई ‘आईकन अफ प्रदेश’

परिषद्ले अन्य प्रदेशमा जस्तै यस प्रदेशमा बिभिन्न क्षेत्रहरुमा क्रियाशील भई सामाजिक तथा आर्थिक रुपान्तरण लगायत अन्य बिधाहरुमा काम गर्ने १० जनालाई  ‘आईकन अफ गण्डकी प्रदेश’ वितरण गरिएको छ ।

सम्मानित हुनेमा महिला तथा वालबालिका विधामा अमोर सेवा गृह स्याङ्जाकी अध्यक्ष कमला पराजुली, पत्रकारितामा बिजय नेपाल, समाजसेवामा प्रिन्सा रेग्मी, युवामा रश्मी गौतम, पर्यटनमा बलराम तिमिल्सिना, शिक्षामा मेनका मोनिका थापा, स्वास्थ्यमा सरस्वती पुरी, उद्यमशीलतामा बिमल शर्मा, सुचना तथा प्रविधिमा रबिन पौडेल र कृषि तथा जलवायुमा सन्तोष पौडेल रहेका छन् । कार्यक्रममा गण्डकी प्रदेश रजिष्ट्रार भण्डारीलाई नेशनल सोसल चेञ्ज मेकर अवार्डबाट सम्मानित गरिएको थियो ।

‘आईकन अफ गण्डकी प्रदेश’ का लागि परिषद्ले विभिन्न क्षेत्रबाट प्रतिनिधित्व हुने गरी तीन सदस्यीय छनौट समिति समेत चयन गरेको छ । जसमा गण्डकी प्रदेश सामाजिक बिकास मन्त्रालयका प्रतिनिधिसहित सामाजिक अभियान्ता अपार पौडेल र पत्रकार एवं अनुसन्धानकर्ता गोविन्द मरासिनी रहेका थिए । यो समितिले विभिन्न क्षेत्रबाट प्रतिनिधित्व हुनेगरी प्रदेशभित्रका १० जना छनौट गरी परिषद् समक्ष पेश गरेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार