मुख्य समाचार
वर्तमान सरकारले सबै क्षेत्रमा निराशा मात्रै फैलायो : अध्यक्ष उपेन्द्र यादव | जुबेदा खातुन हत्या प्रकरण: दोषीमाथि कडा कारबाही गर्न पूर्व सांसद यादवद्वारा माग | त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ |

पूर्वराजा ज्ञानेन्द्र शाह हेटौंडा आउँदै

Ujyalosandeshonline 12614+ समाचार ( )
३ माघ २०८०, बुधवार

मकवानपुर । पूर्वराजा ज्ञानेन्द्र शाह आगामी आइतबार वाग्मतीको प्रदेश राजधानी हेटौंडा आउने भएका छन् । हेटौंडामा रहेका धार्मिक क्षेत्रहरुको अवलोकन तथा पूजा आराधना र शुभेच्छुकहरुसँग प्रत्यक्ष भेटघाटका लागि उनी आउने भएका हुन् ।  

रिपोर्टस क्लब मकवानपुरको समन्वयमा बुधबार राष्ट्रिय प्रजातन्त्र पार्टी मकवानपुरद्वारा आयोजित पत्रकार सम्मेलनमा पूर्वराजाको भ्रमण तालिकाको  जानकारी दिइएको हो । पूर्वराजा शाहलाई आइतबार दिउँसो १२ बजे हेटौंडा–१५ स्थित चुरियामाई मन्दिरमा स्वागत गरिने प्रेस विज्ञप्तिमा उल्लेख छ । 

उनी हेटौंडा–१३ पदमपोखरीस्थित ज्याङछुपलिङ पोताला गुम्बा र हेटौंडा–१० स्थित भुटनदेवी मन्दिर जानेछन् । शुभेच्छुकसँग उनले सोही दिन हेटौंडा रिसोर्टमा भेटघाट गरेर सोही काठमाडौं फर्किने कार्यतालिका रहेको राप्रापा मकवानपुरका प्रवक्ता आयुष डोटेलले बताए ।

मकवानपुर–१ बाट प्रतिनिधि सभा सदस्य तथा संसद्को पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले माघ ७ गते हुने कार्यक्रमका लागि १ हजार १ सय ११ जनाको मुल समारोह समिति तथा १० वटा उपसमितिहरु गठन गरिएको बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार