मुख्य समाचार
सिरहामा लागुऔषधसहित तीन जना पक्राउ, ठूलो परिमाणमा गाँजा बरामद | यातायात व्यवस्था कार्यालय नेपालगञ्जको सेवा सुचारु | अख्तियारद्वारा माधवनारायण नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर | प्राविधिक विश्वविद्यालयप्रति विद्यार्थीहरुकाे आशा पलाएको छ: मुख्यमन्त्री आचार्य | Gen-Z अर्घाखाँचीद्वारा बागी खोला सरसफाइ, समाजमा स्वच्छताको सन्देश | लुम्बिनी प्रदेश सरकारद्वारा खर्च नियन्त्रण गर्ने निर्णय, सबै मन्त्रालयलाई मितव्ययिता अपनाउन निर्देशन | शिक्षक नियुक्तिमा घुस लिने प्रधानाध्यापकसहित दुई जना पक्राउ | हत्याराले टाउकोसहित प्रहरीसमक्ष आत्मसमर्पण, कैलाली प्रहरीद्वारा अनुसन्धान जारी | नवलपरासीका लागि रासायनिक मलको कोटा वृद्धि | ओमसतिया गाउँपालिकामा राष्ट्रिय परिचयपत्र वितरण कार्यक्रम सुरु |

के यस्तै हो 'ग्रीन सिटी' को परिभाषा? रोहिणीमा फोहोरले चिन्ता बढायो

Ujyalosandeshonline 8908+ समाचार ( )
१६ अशोज २०८२, बिहीबार

भैरहवा । गौतमबुद्धको जन्मस्थल लुम्बिनीलाई नवलपरासी को रामग्रामसँग जोड्ने प्रमुख पर्यटकीय मार्ग, रुपन्देहीको रोहिणी गाउँपालिका वडा नम्बर ३, धकधई बजार क्षेत्रमा फोहोरको उचित व्यवस्थापन हुन नसक्दा दुर्गन्धित बनेको छ। धकधई बजारबाट निस्कने फोहोर कदमहवा गाउँको पूर्व, भैरहवादेखि परासी जाने सडकको छेउछाउमा अव्यवस्थित रुपमा फालिएका कारण स्थानीयबासिन्दाका साथै यस मार्ग हुँदै आवतजावत गर्ने पर्यटकहरुले समेत सास्ती भोग्नुपरेको छ।

स्थानीयहरुका अनुसार, बजारभरिको फोहोर ल्याएर सडक किनारमा फ्याँक्ने गरिएको छ, जसले गर्दा वातावरण प्रदूषित भएको छ। यस सडक हुँदै कपिलवस्तुको तिलौराकोटबाट रामग्राम उजैनी बुद्ध दर्शनका लागि आएका नबिन तामाङले सडक किनारमा फोहोरको थुप्रो देख्दा आफूलाई राम्रो नलागेको बताए। "म रामग्राम जाँदै थिएँ, अचानक नजर प¥यो। यो अलि राम्रो लागेन," उनले भने, "यो बाटो देशविदेशका पर्यटक आउने जाने गर्नुहुन्छ, यो फोहोरले नकारात्मक सन्देश जान्छ, यसलाई सम्बन्धित निकायले तुरुन्त व्यवस्थापन गर्नुपर्छ।"बुद्ध धर्मसँग जोडिएको यस ऐतिहासिक सडक, रोहिणी नदी र रोहिणी गाउँपालिकाको गरिमालाई कायम राख्न तत्काल फोहोर व्यवस्थापन गर्नुपर्नेमा उनले जोड दिए ।

रोहिणी गाउँपालिकाको सदरमुकाम मानिएको धकधई बजारलाई हराभरा बनाउनु पर्ने देखिन्छ, किनभने रोहिणी नदीको बुद्धसँग सीधा सम्बन्ध रहेको छ। स्थानीयबासिन्दाहरुले चुनावको बेला जनप्रतिनिधिहरुले 'रोहिणीलाई ग्रीन सिटी बनाउँछु' भन्ने आश्वासन दिए पनि चुनाव जितेपछि बिर्सने गरेको गुनासो गरेका छन्। उनीहरुले अब आउने निर्वाचनमा त्यस्ता जनप्रतिनिधिहरुलाई कसरी विश्वास गर्ने भन्ने प्रश्न समेत उठाएका छन्। यस विषयमा रोहिणी गाउँपालिकाले तत्काल ध्यान दिएर फोहोर व्यवस्थापनको दीर्घकालीन योजना बनाउनुपर्ने देखिन्छ, ताकि यस महत्वपूर्ण पर्यटकीय मार्गको सुन्दरता र स्वच्छता कायम राख्न सकियोस्।

रोहिणीको ऐतिहासिक र धार्मिक महत्व:

जिल्लाको पूर्वी दक्षिण क्षेत्रमा पर्ने रोहिणी गाउँपालिका बुद्ध दर्शनसँग जोडिएको गाउँपालिका हो। महामानव गौतमबुद्धको जन्मस्थल लुम्बिनीको सामिप्यतामा रहेको यस गाउँपालिकाको नाम रोहिणी रहनु बुद्ध दर्शन मान्नेहरुको लागि महत्वपूर्ण नाम हो। बुद्धकालीन अवस्थामा बुद्धको मावली राज्य कोलीया र बुद्धको बुबाको राज्य (शाक्य वंश) बीच पानीको विषयमा भएको भिषण युद्ध क्षेत्रको नाम हो रोहिणी। प्राचीन र धार्मिक हुँदै बुद्धसँग जोडिएको रोहिणी हाल संसारभरि पुग्नुको कारण भने कम मात्रामा जानकारी भएको देखिन्छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार