मुख्य समाचार
पेन्ड्राइभसहित ५ लाख ३९ हजार बराबरको सामान बरामद | सरकारले दिगो खाद्यसुरक्षा सुनिश्चित गर्ने नीति लिएको छः कृषिमन्त्री चौधरी | स्थानीयको सक्रियतामा लाङटाङ पदमार्ग मर्मत | यातायात क्षेत्रका समस्या समाधान गर्न सांसदहरूको प्रतिबद्धता | क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति | रूपन्देहीमा व्यावसायिक फर्म बन्द हुने क्रम बढ्दो | एकैपटक एक हजार २९६ सशस्त्र प्रहरी जवान दीक्षित | पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा ‘आरएनपी–एआर’ प्रणाली लागू गरिँदै | पश्चिम नवलपरासीमा १४ लाख बढीको अवैध मदिरा बरामद | विपद्पछिको पुनर्निर्माण र पुनःस्थापना सरकारको प्राथमिकताः मन्त्री पुन |

के यस्तै हो 'ग्रीन सिटी' को परिभाषा? रोहिणीमा फोहोरले चिन्ता बढायो

Ujyalosandeshonline 12537+ समाचार ( )
१६ अशोज २०८२, बिहीबार

भैरहवा । गौतमबुद्धको जन्मस्थल लुम्बिनीलाई नवलपरासी को रामग्रामसँग जोड्ने प्रमुख पर्यटकीय मार्ग, रुपन्देहीको रोहिणी गाउँपालिका वडा नम्बर ३, धकधई बजार क्षेत्रमा फोहोरको उचित व्यवस्थापन हुन नसक्दा दुर्गन्धित बनेको छ। धकधई बजारबाट निस्कने फोहोर कदमहवा गाउँको पूर्व, भैरहवादेखि परासी जाने सडकको छेउछाउमा अव्यवस्थित रुपमा फालिएका कारण स्थानीयबासिन्दाका साथै यस मार्ग हुँदै आवतजावत गर्ने पर्यटकहरुले समेत सास्ती भोग्नुपरेको छ।

स्थानीयहरुका अनुसार, बजारभरिको फोहोर ल्याएर सडक किनारमा फ्याँक्ने गरिएको छ, जसले गर्दा वातावरण प्रदूषित भएको छ। यस सडक हुँदै कपिलवस्तुको तिलौराकोटबाट रामग्राम उजैनी बुद्ध दर्शनका लागि आएका नबिन तामाङले सडक किनारमा फोहोरको थुप्रो देख्दा आफूलाई राम्रो नलागेको बताए। "म रामग्राम जाँदै थिएँ, अचानक नजर प¥यो। यो अलि राम्रो लागेन," उनले भने, "यो बाटो देशविदेशका पर्यटक आउने जाने गर्नुहुन्छ, यो फोहोरले नकारात्मक सन्देश जान्छ, यसलाई सम्बन्धित निकायले तुरुन्त व्यवस्थापन गर्नुपर्छ।"बुद्ध धर्मसँग जोडिएको यस ऐतिहासिक सडक, रोहिणी नदी र रोहिणी गाउँपालिकाको गरिमालाई कायम राख्न तत्काल फोहोर व्यवस्थापन गर्नुपर्नेमा उनले जोड दिए ।

रोहिणी गाउँपालिकाको सदरमुकाम मानिएको धकधई बजारलाई हराभरा बनाउनु पर्ने देखिन्छ, किनभने रोहिणी नदीको बुद्धसँग सीधा सम्बन्ध रहेको छ। स्थानीयबासिन्दाहरुले चुनावको बेला जनप्रतिनिधिहरुले 'रोहिणीलाई ग्रीन सिटी बनाउँछु' भन्ने आश्वासन दिए पनि चुनाव जितेपछि बिर्सने गरेको गुनासो गरेका छन्। उनीहरुले अब आउने निर्वाचनमा त्यस्ता जनप्रतिनिधिहरुलाई कसरी विश्वास गर्ने भन्ने प्रश्न समेत उठाएका छन्। यस विषयमा रोहिणी गाउँपालिकाले तत्काल ध्यान दिएर फोहोर व्यवस्थापनको दीर्घकालीन योजना बनाउनुपर्ने देखिन्छ, ताकि यस महत्वपूर्ण पर्यटकीय मार्गको सुन्दरता र स्वच्छता कायम राख्न सकियोस्।

रोहिणीको ऐतिहासिक र धार्मिक महत्व:

जिल्लाको पूर्वी दक्षिण क्षेत्रमा पर्ने रोहिणी गाउँपालिका बुद्ध दर्शनसँग जोडिएको गाउँपालिका हो। महामानव गौतमबुद्धको जन्मस्थल लुम्बिनीको सामिप्यतामा रहेको यस गाउँपालिकाको नाम रोहिणी रहनु बुद्ध दर्शन मान्नेहरुको लागि महत्वपूर्ण नाम हो। बुद्धकालीन अवस्थामा बुद्धको मावली राज्य कोलीया र बुद्धको बुबाको राज्य (शाक्य वंश) बीच पानीको विषयमा भएको भिषण युद्ध क्षेत्रको नाम हो रोहिणी। प्राचीन र धार्मिक हुँदै बुद्धसँग जोडिएको रोहिणी हाल संसारभरि पुग्नुको कारण भने कम मात्रामा जानकारी भएको देखिन्छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार