मुख्य समाचार
पेन्ड्राइभसहित ५ लाख ३९ हजार बराबरको सामान बरामद | सरकारले दिगो खाद्यसुरक्षा सुनिश्चित गर्ने नीति लिएको छः कृषिमन्त्री चौधरी | स्थानीयको सक्रियतामा लाङटाङ पदमार्ग मर्मत | यातायात क्षेत्रका समस्या समाधान गर्न सांसदहरूको प्रतिबद्धता | क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति | रूपन्देहीमा व्यावसायिक फर्म बन्द हुने क्रम बढ्दो | एकैपटक एक हजार २९६ सशस्त्र प्रहरी जवान दीक्षित | पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा ‘आरएनपी–एआर’ प्रणाली लागू गरिँदै | पश्चिम नवलपरासीमा १४ लाख बढीको अवैध मदिरा बरामद | विपद्पछिको पुनर्निर्माण र पुनःस्थापना सरकारको प्राथमिकताः मन्त्री पुन |

अबको अध्यक्ष केपी ओली नै हो : उपमहासचिव रिमाल

Ujyalosandeshonline 12537+ समाचार ( )
१८ मंगशिर २०८२, बिहीबार

काठमाडौं । नेकपा एमालेका उपमहासचिव विष्णुप्रसाद रिमालले अन्तरपार्टी लोकतान्त्रिक अभ्यासबाट अघि बढेको पार्टी भएकाले स्वच्छ प्रतिस्पर्धालाई स्वाभाविक मान्नुपर्ने बताएका छन् । बिहीबार प्रेस चौतारी नेपालद्वारा आयोजित संवाद कार्यक्रममा उनले ११ औं महाधिवेशनबाट केपी शर्मा ओली नै अध्यक्ष बन्ने दावी गर्दै स्वच्छ प्रतिस्पर्धालाई स्वाभाविक मान्नुपर्ने बताए । ओलीको नेतृत्वमा नभई काम गर्ने तरिकामा असन्तुष्टि आएको भन्दै विपक्षमा उभिनु उचित नहुने उनको भनाई छ । 

उनले भने,‘दुई धारको विषयमा चुनाव लडेपनि धार एउटै हुन्छ । किनकी विचार नै फरक छैन् । पार्टीभित्र नीतिको प्रश्नमा कुनै विवाद छैन । जनताको बहुदलीय जनवादको मार्गदर्शनमा समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय गन्तव्य लिएर हिँडेका छौँ । महाधिवेशनमा केपी ओली नै अध्यक्ष बन्नुहुन्छ  । अहिले ओलीको विपक्षमा उभिनुपर्ने कारण म देख्दिन् । विभिन्न नेताले पदमा उठ्न इच्छा व्यक्त गर्नुभएको छ त्यो पाइन्छ । नेता, नेतृत्व र नीतिमा हाम्रो समस्या होइन् । काम गर्ने तरिकामा समस्या हो भन्ने कुरा आउँछ त्यो त उचित होइन् ।’ त्यस्तै उनले अहिले ११ औं महाधिवेशनको संघारमा आइपुग्दापनि एमालेले बाह्य संकटहरु झेलिरहेको बताए । अरु पार्टीमा जस्तो लोकप्रिय भन्दापनि कम्युनिष्ट पार्टीमा नेतृत्व गर्न सक्छ भन्ने विषय एमालेमा स्थापित गर्न खोजिरहेको उनले बताए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार