मुख्य समाचार
पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना | भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद | काँग्रेसमा गुट-उपगुट अन्त्य गरी पार्टीलाई एकढिक्का बनाउन नेताहरूको जोड | प्रधानमन्त्री शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने |

ललितपुर महानगरले कर असुली प्रक्रिया सहज बनाउने

Ujyalosandeshonline 12547+ समाचार ( )
६ असार २०८१, बुधवार

काठमाडौं । ललितपुर महानगरपालिकाले ‘जनताको कर, जनतालाई खबर’ भन्ने नीतिलाई आत्मसात गर्दै कर संस्कृति सबलीकरण गर्ने नीति लिएको छ । 

महानगरपालिकाको पाँचौं नगरसभा बैठकमा बुधबार आगामी आर्थिक वर्ष २०८१÷८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले कर असुली प्रक्रियालाई थप सहज र पहुँचयोग्य बनाउन विद्युतीय राजस्व प्रणालीलाई स्तरोन्नति गरिने बताइन । यसका लागि महानगरले नगरवासीबाट कर असुलीको प्रक्रियामा डिजिटल प्रणाली उपयोगमा जोड दिने भएको छ ।

त्यस्तै, ‘आयोजना बैंक’ का लागि आयोजना छनोट गर्दै त्रैमासिक समीक्षा गर्ने र उपभोक्ता भेलाबाट पास गर्ने समेत नीति लिएको जानकारी उनले गराइन ।  

त्यसैगरी, महानरपालिकाले भ्रष्टाचारमा शून्य सहनशीलता अनुसरण गर्दै कर्मचारी संयन्त्रलाई अझ प्रभावकारी बनाउन स्थानीय सेवा व्यवस्थापन ऐन जारी गर्ने भएको छ । 

महानगरपालिकाले खरिद प्रक्रियालाई पारदर्शी र प्रतिस्पर्धात्मक बनाउन विद्युतीय बोलपत्र प्रयोगमा ल्याउने, महानगरभित्र हुने विवादहरुको समाधान गर्न प्रत्येक वडामा मेलमिलाप केन्द्र स्थापना गर्ने, महानगरका उपयुक्त स्थानमा फ्री वाइफाइ जोन स्थापना गर्ने, शैक्षिक सत्र २०८० को परीक्षाको नतिजालाई आधार वर्ष मानी लक्ष्यमा आधारित सिकाई सुधा।र गर्दै लैजाने नीति अवलम्बन गर्ने भएको छ । 

नगरका सबै सडकहरुको जिम्मेवारी स्रोतसाधनसहित आफूलाई हस्तान्तरणका लागि संघ र प्रदेश सरकारसँग पहल गर्ने पनि महानगरपालिकाले जनाएको छ । नगरभित्रका सडकहरुमा अपांगतामैत्री पैदलयात्री मार्गसहितको संरचना निर्माणलाई निरन्तरता दिने भएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार