मुख्य समाचार
अर्थमन्त्री डा वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच अमेरिकामा द्विपक्षीय भेटवार्ता | लालबकैया तटबन्ध मर्मत तथा विस्तारको माग गर्दै प्रधानमन्त्रीसमक्ष निवेदन | सुन्तलामा रोग लागेपछि किसान चिन्तामा | लुम्बिनी र सीमावर्ती पर्यटन प्रवर्द्धनका लागि भैरहवामा दुई दिने सडक खाना महोत्सव | नारायणी नदीले बगाएको राइनो क्रुज अझै झिक्न सकिएन | व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल | भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार |

रोहिणीमा १५ दिने कठोर व्रत सम्पन्न, पूजारी खवासले विश्व शान्तिको कामना गरे

Ujyalosandeshonline 12461+ समाचार ( )
१५ अशोज २०८२, बुधवार

भैरहवा । रुपन्देहीको रोहिणी गाउँपालिका वडा नम्बर ३ परासीझुवास्थित श्री दुर्गा मन्दिर र श्री बृषेश्वर शिव मन्दिर परिसरमा यस वर्षको घटस्थापनादेखि एकजना स्थानीय पूजारीले १५ दिने कठोर व्रत सम्पन्न गरेका छन्। मन्दिरका ६१ वर्षीय पूजारी केशव खवासले घटस्थापना सुरु हुनु केही दिन अघिदेखि नै अन्न र पानी त्याग गरी व्रत बसेका थिए ।

घटस्थापनाको दिनदेखि खवासले आफ्नो शरीर वरिपरि जमरा राखेर भुइँमा सुतेका थिए। उनले १५ दिनसम्म अन्न, पानी, र मलमूत्र पूर्ण रूपमा त्यागेर विश्वका सबै जनताको कल्याण होस् भन्ने कामना गर्दै यो कठोर व्रत बसेको बताएका छन्। खवासले यसअघि दुई वर्षअघि पनि यसैगरी पानीसमेत नखाई व्रत बसेका थिए, जुन उनको दोस्रो पटकको यस्तो व्रत हो।

१५ दिनसम्म चलेको यो व्रतको समापनमा रोहिणीका युवा नेता राजकुमार यादवले पूजारी खवासलाई जुस खुवाएर व्रत तोडाएका थिए। परासीझुवामा रहेका यी दुई मन्दिर ऐतिहासिक धार्मिकस्थलका रूपमा चिनिन्छन्, जहाँ भैरहवा, परासी र छिमेकी राष्ट्र भारतबाट समेत भक्तजनहरू दर्शनका लागि आउने गर्दछन्। मन्दिरलाई अझ व्यवस्थित गर्न सके सांस्कृतिक संरक्षणमा थप टेवा पुग्ने विश्वास व्यक्त गरेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार