मुख्य समाचार
सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार | पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन | निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छः संयोजक दाहाल | कांग्रेसले आफूलाई समयअनुसार रुपान्तरण गरेको छ : डा भट्टराई | कर्णाली राजमार्गमा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा | दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त | नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै | भैरहवाबाट अवैध रूपमा भारत लैजाँदै गरिएको फर्सीको बीउ बरामद |

पीएम कप छनोटः रूपन्देही च्याम्पियन

Ujyalosandeshonline 12455+ समाचार ( )
२६ माघ २०८२, आइतबार

भैरहवा । रुपन्देही जिल्ला क्रिकेट टीम प्रधानमन्त्री कप एक्स्ट्रिम इनर्जी ड्रिंक लुम्बिनी प्रदेशस्तरीय पुरुष एक दिवसीय क्रिकेट छनोट प्रतियोगिताको च्याम्पियन बनेको छ । उसले फाइनलमा बाँके जिल्ला क्रिकेट टीमलाई १ सय ९९ रनको फराकिलो अन्तरले पराजित गर्दै छनोट खेल च्याम्पियन बनेको हो । छनोट खेलको विजेता र उपविजेता टिमले ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे । 

भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको रुपन्देहीले निर्धारित ३० ओभरमा ४ विकेट गुमाएर २ सय ६३ रनको बलियो योगफल बनायो । उसका लागि देब खनालले १ सय ३७ रनको शतकीय पारी खेले । यस्तै, प्रज्जवल थापाले ७४ रन जोड्दा अकाश त्रिपाठीले १४ र सन्दीप राजलीले १० रन बनाए । बलिङमा बाँकेका लभकुश यादव, अजय शाहनी र गौतम कनौजियाले समान १–१ विकेट लिए । 

जवाफी ब्याटिङमा आएको बाँके १६ ओभर ३ बलमा अलआउट हुँदै ६४ रनमै समेटियो । उसलाई सस्तैमा रोक्न बलिङमा रुपन्देहीका सन्देश थापाले ४, अजयकुमार चौहानले ३, रमेश कुर्मीले २ तथा कृष्ण कार्कीले १ विकेट हात पारे । बाँकेका रोहन केसीले १२ र युवराज शर्माले ११ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बटुल्न सकेनन् । फाइनल खेलमा रुपन्देहीका देव खनाल प्लेयर अफ द म्याच भए । छनोट खेलमा उत्कृष्ट प्रदर्शन गरेका देव म्यान अफ द सिरिज समेत भई ११ हजार १ सय ११ र रुपैयाँ प्राप्त गरे । 

लुम्बिनी प्रदेश क्रिकेट संघको आयोजनामा सम्पन्न छनोट खेलमा सात जिल्लाका टीम सहभागी थिए् । प्रतियोगिताको टाइटल स्पोन्सरमा एक्स्ट्रिम इनर्जी ड्रिंक उत्पादक कम्पनी एग्रो थाई फूड्स थियो भने प्रायोजकमा एक्स्पर्ट एजुकेसन एण्ड भिजा सर्भिस, बुटवल, ग्रुप ४ प्रोडक्ट प्रालि, काठमाडौं र ग्रुप ४ सेक्युरिटी सर्भिस प्रालि, काठमाडौं रहेको खेल संयोजक प्रथम पराजुलीले बताए ।

यस वर्षको प्रधानमन्त्री कप चैत्रमा आयोजना गर्ने गरी क्यानले तयारी गरिरहेको छ । विजेता र उपविजेता खेलाडीहरुलाई लुम्बिनी प्रदेशका खेलकुद मन्त्री सन्तोषकुमार पाण्डेय, लुम्बिनी प्रदेश क्रिकेट संघका कार्यबाहक अध्यक्ष विनय राजभण्डारी, क्यानका पूर्व कार्यबाहक सचिव प्रशान्त विक्रम मल्ल, खेल संयोजक प्रथम पराजुली लगायतले पुरस्कार वितरण गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार