मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

सबै पक्ष सकारात्मक हुनुपर्छ, नकारात्मक भएर केही पनि हुँदैन : मुख्यमन्त्री लामा

Ujyalosandeshonline 11005+ समाचार ( )
४ चैत्र २०८१, मङ्गलबार

रामेछाप । वाग्मती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले पर्यटनलाई होटल व्यवसायसँग जोड्नुपर्ने बताएका छन् । होटल तथा पर्यटन व्यवसायी संघ वाग्मती प्रदेशको पचौँ वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशन उदघाटन कार्यक्रमलाई मंगलबार दोलखाको चरिकोटमा सम्बोधन गर्दै लामाले पर्यटकलाई जति माया ग¥यो होटल व्यवसाय त्यतिकै फस्टाउने बताए । पर्यटकलाई आकर्षित बनाउन योजनाका साथ लाग्नुपर्ने उनको धारणा छ । 

धेरै जनसंख्या भएको ठाउँमा नै पर्यटक आउने बताउँदै उनले त्यस हिसाबले वाग्मती प्रदेश पर्यटकको गन्तव्यस्थल भएको बताए । उचित व्यवस्थापन गर्ने हो भने नेपालमा जति पनि पर्यटक ल्याउन सकिने उनको धारणा छ । 

जुन ठाउँमा जे विशेषता छ त्यही अनुसारको पर्यटन प्रवर्धन गर्नुपर्नेमा उनले जोड दिए । जहाँ जे उब्जनी हुन्छ त्यहाँका होटेलमा तिनै चिजका परिकार बनाएर पर्यटकलाई नयाँ स्वाद दिनु पर्ने लामाले बताए । ‘यहीँ उत्पादन भएको चिजलाई प्रवर्धन गर्न सक्यो भने हाम्रो उत्पादन पनि बढ्छ, पर्यटक पनि बढाउन सकिन्छ’, उनले भने । 

नेपालमा पर्यटकीय क्षेत्र प्रवद्र्धन गर्न नसकेको कारण पछि परेको उनले बताए । लगानीकर्तालाई भित्र्याएर पर्यटन प्रवर्धनका संरचना बनाउनु पर्नेमा उनको जोड छ । यसको लागि लगानीकर्तालाई लगानिको वातावरण बनाउनुपर्ने लामाको धारणा छ । ‘लगानीमैत्री वातावरण बनायो भने रोजगारी सिर्जना हुन्छ, रोजगारी सिर्जनबाट मात्र युवाको विदेश पलायन रोक्न सकिन्छ’, उनले भने । 

लगानी असुरक्षित हुँदासम्म कोही पनि लगानी गर्न नआउने बताउँदै उनले यसको लागि स्थानीयले पनि वातावरण बनाइदिनु पर्ने बताए । सरकारले कानुन बनाएर मात्र लगानीको वातावरण नबन्ने उनले स्पष्ट पारे । नेपालमा लगानी गर्नेको विरोध गर्ने प्रवृत्ति खराब भएको लामाले बताए । भ्रष्टाचार भयो भनेर मात्र नियन्त्रण नहुने बताउँदै उनले सबै कुरालाई अद्यावधिक गर्दै जाने हो भने भ्रष्टाचार स्वतः घट्ने बताए । अहिले खोजी गर्ने हो भने कोही पनि नबच्ने उनले दाबी गरे । 

देश हिजोको तुलनामा धेरै अघि बढिसकेको बताउँदै लामाले अझै यसलाई व्यवस्थित गर्न भने बाँकी रहेको स्पष्ट पारे । ‘सबै क्षेत्रमा सुधार गर्न आवश्यक छ, सरकार पनि सुध्रिनु पर्छ, सबै पक्ष सकारात्मक हुनुपर्छ, नकारात्मक भएर केही पनि हुँदैन’, उनले भने । नकारात्मक कुराले सबै कुरा नकारात्मक बनाउने बताउँदै लामाले समाजमा सकारात्मक सन्देश प्रवाह गर्नुपर्ने बताए । देश बनाउनको लागि रातदिन काम गर्नुपर्ने उहाँको धारणा छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार