मुख्य समाचार
जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन् | बाढीले खोस्यो दसैँको टीका, बेपत्ता आफन्तको पर्खाइमा खाली निधार | यातायात सहज भएसँगै लाङटाङमा पर्यटक बढ्दा व्यावसायी उत्साहित | राष्ट्र र जनताको हितमा समर्पित हुने सद्बुद्धि प्राप्त होस् : सभापति लामिछाने | बडादसैँले समाजलाई जोड्ने सद्भावको भावना अझ बलियो बनाओस्ः सभापति थापा | दुई दिनमा सशस्त्रले दियो एक हजारभन्दा बढीलाई निःशुल्क बस सेवा | क्रिकेट टोली स्वदेश फिर्ता | बडा दशैंको मुख्य दिन आज, उत्तम साइत बिहान १०ः२६ बजे | सम्पर्कविहीन दुई जापानी पर्वतारोहीको खोजी जारी | निषेधित क्षेत्र घुमेका पर्यटकबाट बर्सेनि उठ्छ करोडौँ राजस्व |

यातायात सहज भएसँगै लाङटाङमा पर्यटक बढ्दा व्यावसायी उत्साहित

Ujyalosandeshonline 12568+ समाचार ( )
५ कार्तिक २०८३, बुधवार

रसुवा । यातायात व्यवस्था सहज भएसँगै रसुवाको प्रसिद्ध पर्यटकीयस्थल लाङटाङ क्षेत्रमा पर्यटकको चहलपहल बढ्न थालेको छ । बेत्रावतीस्थित फलाखु खोलामा अस्थायी बेलिब्रिज सञ्चालनमा आएसँगै लाङटाङ क्षेत्र घुम्न आउने पर्यटक बढ्न थालेको हो । लाङटाङस्थित होटल ‘माउन्टेन भ्यु’ का सञ्चालक नीमा लामाका अनुसार फलाखुमा बेलिब्रिज निर्माण भई यातायात सञ्चालन हुन थालेसँगै आन्तरिक तथा बाह्य पर्यटक आउनेक्रम बढी स्थानीय पर्यटन व्यवसायी उत्साहित भएका छन् ।   

जिल्ला सदरमुकाम धुन्चे तथा स्याफ्रूबेँशीबाट दुई दिन पैदल यात्रा गरेपछि लाङटाङ पुग्न सकिन्छ । धुन्चेबाट ठूलो र सानो भार्खू, ब्राबल, ठूलो स्याफ्रू, पहिरो, बम्बो, रिमिचे र लामा होटल हुँदै लाङटाङ पुग्न सकिने होटल सञ्चालक लामाले बताउनुभयो । लाङटाङ क्षेत्र घुम्न जाने पर्यटकका लागि असोज र कात्तिक महिना अनुकुल भएको बताउँदै उहाँले भन्नुभयो,

“अहिले यस क्षेत्रमा कुनै समस्या छैन, अतिथि सत्कारका लागि स्थानीय होटल व्यवसायी तयारी अवस्थामा छन् । अब ढुक्क भई लाङटाङ क्षेत्र घुम्नुहोस्, आनन्द लिनुहोस् ।”गोसाईँकुण्ड गाउँपालिका–४ स्थित निकुञ्ज क्षेत्रमा पर्ने पर्यटकीयस्थल लाङटाङका वडाअध्यक्ष डुण्ढु ज्याङ्वा तामाङले सङ्घीय राजधानी काठमाडौँबाट नजिकको सुन्दर, शान्त र रमणीय लाङटाङ क्षेत्रको भ्रमण गर्न अनुरोध गर्नुहुँदै पर्यटकको सेवामा स्थानीय सरकार र निकुञ्ज परिवार रहेको बताउनुभयो ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार