मर्चवार । रुपन्देहीको सम्मरीमाई गाउँपालिका वडा नम्बर ५ मा २२ वर्षिय महिलाको जलेको अवश्थामा शव भेटिएको छ । शव सोही ठाउँ बस्ने श्रृजना पालको रहेको रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरिक्षक प्रदिप क्षेत्रीले जानकारी दिए ।
“सम्मरीमाई गाउँपालिका वडा नम्बर ५ पाण्डेडिह भन्ने ठाउँमा खोला नजिकै शव रहेको जानकारी विहान करिब ३ बजे थाहा पायौं” एसपी क्षेत्रीले भने “अहिले फिल्डमै रहेका छौं र अनुसन्धान गरिरहेका छौं ।”
क्षेत्रीले अनुसन्धानमा “ओम” नामको कुकुरको प्रयोग गरिएको र कुकुरले महिलाको घर सम्म पु¥याएको जानकारी दिए । अहिले मृतकको पति प्रमोद पाललाई नियन्त्रणमा लिएर राखिएको र माईती पक्षलाई घटनास्थलमा बोलाईएको क्षेत्रीले जानकारी दिए ।
“प्रारम्भिक अनुसन्धानको क्रममा कुकुरले घर सम्म पु¥याएको हुदा महिलालाई घरबाट नै घटनास्थल सम्म पु¥याएको देखिन्छ ।” कार्कीले भने “तर घटना आत्महत्या हो वा हत्या हो यस विषयमा अहिले नै केही भन्न सक्ने अवश्था छैन, हामी अनुसन्धानमै छौं ।”
समाचार तयार पार्दा सम्म शव उठाईएको छैन । प्रहरीले माईती पक्षलाई पर्खिरहेको छ ।