मुख्य समाचार
सिन्धुलीमा ‘टाटा सुमो ’ दुर्घटना : तीनको मृत्यु, तीन जना बेपत्ता | गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’ | पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना | भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद |

ढुक्क भएर लगानी गर्न उद्योगी–व्यवसायीलाई मुख्यमन्त्री आचार्यको आग्रह

Ujyalosandeshonline 12548+ समाचार ( )
६ मंगशिर २०८१, बिहीबार

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले रुपन्देहीको तिलोत्तमामा सुरु भएको दोस्रो व्यापार महोत्सवको उद्घाटन गरेका छन् । महोत्सवको उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेशमा उद्योग तथा व्यापार व्यवसायको वातावरण सरकारले बनाउने हुँदा निर्धक्क भएर लगानी गर्न आमन्त्रण गरे । 

पछिल्लो समय आर्थिक अवस्था सुधार हुन थालेको, उद्योग, व्यवसायको क्षेत्रमा सकारात्मक प्रभावहरु देखिन थालेकोमा खुसी व्यक्त गर्दै मुख्यमन्त्री आचार्यले तीन तहका सरकारले लगानीमैत्री वातावरण बनाउने नीति अवलम्बन गरेकाले ढुक्क भएर लगानी गर्न उद्योगी, व्यवसायीहरुलाई आग्रह गरे ।

लुम्बिनी प्रदेशको विकास र समृद्धिको निम्ति प्रदेशमा उद्योग, व्यवसायको विकास हुन जरुरी रहेको उनले बताए । ‘राज्यले वातावरण बनाउँछ । लगानीकर्ताहरुले निर्धक्क भएर लगानी गर्नुस्। लुम्बिनी प्रदेशमा हामी आमन्त्रण गर्दछौं’उनले भने–‘सरकारले व्यवसायीहरुको संरक्षण र सम्बर्द्धन गर्छ । उद्योग, पर्यटन, कृषि, पूर्वाधार विकास हाम्रा प्राथमिकता हुन् ।’ 

एक अर्को प्रसंगमा मुख्यमन्त्री आचार्यले आफूले थालेका कामप्रति दृढ विश्वास नहुँदा समाजमा केही विचलन देखिएको उल्लेख गरे । ‘अहिले आफूले गरेका कामप्रति विश्वास गर्न नसक्दा विचलन देखियो’उनले भने–‘पुर्खाहरुले गरेका व्यवसाय वैज्ञानिक थिए । तर, अहिले ती व्यवसाय छोड्दै जाँदा समस्याहरु आएका छन् । पुर्खाले गरेका व्यवसायलाई निरन्तरता दिन सक्नुपर्छ ’ 

तिलोत्तमा लुम्बिनीको मात्रै नभइ देशकै उदाउँदो र नमूना शहरको रुपमा परिचित हुनु गौरवको विषय भएको उनको भनाइ छ । महोत्सवको आयोजक संस्था तिलोत्तमा व्यापार संघका अध्यक्ष नेत्र प्रसाद न्यौपानेको अध्यक्षता तथा मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यतामा महोत्सवको उद्घाटन गरिएको थियो । महोत्सवमा विभिन्न क्षेत्रका तीन सय स्टल रहेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार