मुख्य समाचार
अनिलकुमार झा कांग्रेस केन्द्रीय सदस्यमा मनोनित | बालिकालाई करणी गरेको अभियोगमा एक जना पक्राउ | असहायका लागि खाना, नाना र छानाको व्यवस्था गर्छौः मुख्यमन्त्री बानियाँ | प्रधानमन्त्रीको अभिव्यक्ति ‘सीमा वारपारको जग्गा भोगाधिकार’सँग सम्बन्धित छ: परराष्ट्र | ढाका उद्योगमार्फत आत्मनिर्भर बन्दै तमानखोलाका महिला | बुद्ध परिपथ क्षेत्रको विकासका लागि सम्झौता | वास्तविक सुकुमबासीलाई सरकारले जग्गाको व्यवस्थापन गर्छः प्रधानमन्त्री शाह | विपन्न वर्गलाई निःशुल्क शिक्षा र स्वास्थ्य सेवा दिइनेछ : प्रधानमन्त्री शाह | प्रथम ओमसतिया अध्यक्ष कप जुनियर आमन्त्रण तेक्वान्दो प्रतियोगिता सम्पन्न | नेपाल–भारत पत्रकारिताबीच सहकार्य विस्तारमा जोड |

बुटवलमा ‘रैथाने सीप, कला र उत्पादन प्रदर्शनी’ हुने, ५५ स्टल रहने

Ujyalosandeshonline 11424+ समाचार ( )
३ वैशाख २०८३, बिहीबार

बुटवल । रूपन्देहीको बुटवलमा स्थानीय रैथाने सीप, कला तथा उत्पादनको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले आगामी वैशाखमा विशेष प्रदर्शनी आयोजना गरिने भएको छ । विश्व सम्पदा दिवसको अवसर पारेर वैशाख ५ गते “रैथाने सीप, कला र उत्पादन प्रदर्शनी–२०८३” सञ्चालन गर्न लागिएको आयोजकले जनाएका छन् । “हाम्रो पुस्ताको ज्ञान, हाम्रो देशको शान—स्थानीय सिप र कलाको जगेर्ना हाम्रो अभियान” भन्ने मूल नाराका साथ आयोजना हुने यस प्रदर्शनीमा कुल ५५ वटा स्टलहरू रहनेछन् ।

कार्यक्रमका संयोजक रेवन्तबहादुर विकका अनुसार प्रदर्शनीमा हस्तकला, रैथाने उत्पादन, मौलिक खानाका परिकारका साथै विभिन्न सांस्कृतिक झाँकी र प्रस्तुतिहरू समावेश गरिनेछ । बुटवल उपमहानगरपालिका–६ स्थित ट्राफिक चोक नजिकै रहेको पुरानो फिल्म हल परिसरमा हुने यस कार्यक्रममा स्थानीय सीपको प्रत्यक्ष प्रदर्शन (लाइभ डेमोन्स्ट्रेशन) समेत गरिने आयोजकको तयारी छ ।

जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड, स्थानीय शिल्पकला तथा सम्पदा प्रतिष्ठान नेपाल र खस्यौली बजारको संयुक्त सहकार्यमा यो प्रदर्शनी हुन लागेको हो । यस कार्यक्रमले विशेषगरी लोपोन्मुख अवस्थामा पुगेका सीपको संरक्षण, स्थानीय उत्पादनको बजार विस्तार र स्वरोजगारी सिर्जनामा महत्त्वपूर्ण टेवा पुर्‍याउने अपेक्षा गरिएको छ ।

प्रतिष्ठानका अध्यक्ष डा. मानबहादुर विश्वकर्माले परम्परागत उत्पादनले देशको अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान पुर्‍याउन सक्ने भन्दै यस्ता सीपको संरक्षण र उचित बजारीकरणमा जोड दिनु आवश्यक रहेको बताउनुभयो । यस्तै, खस्यौली बजारका निर्देशक समुन्द्र घिमिरेले प्रदर्शनीमा सहभागी हुने उत्पादकहरूलाई प्रोत्साहन गर्न नि:शुल्क स्टल उपलब्ध गराइने जानकारी दिनुभयो । प्रदर्शनीमा सहभागी हुन चाहनेले वैशाख ३ गतेसम्म स्टल दर्ता गराइसक्नुपर्ने उहाँको भनाइ छ ।

यसैबीच, इन्द्रेणी सांस्कृतिक कला केन्द्रका प्रमुख कृष्ण कँडेल, आदिवासी जनजाति प्रतिनिधि अरूणकुमार श्रेष्ठ र जनउत्थानका सूचना अधिकृत इन्द्र बराइली लगायतले यस्ता प्रदर्शनीले नेपाली मौलिकता र पहिचानलाई जीवन्त राख्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभएको छ । स्थानीय स्तरमा छरिएर रहेका सीप र कलालाई एकीकृत गरी व्यावसायिक रूप दिन यो प्रदर्शनी फलदायी हुने आयोजकले दाबी गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार