मुख्य समाचार
सशस्त्र प्रहरी नायव उपरीक्षक गोपिकृष्ण भट्टराई प्रशंसापत्रसहित सम्मानित | बैतडीमा एक महिनामा २३० सवारी कारबाहीमा | रास्वपा रोहिणी-४ मा टोल समिति गठन, सभापतिमा नागेश्वर कुर्मी | मुख्यमन्त्री भट्टद्वारा विधिपूर्वक पूजा गरी बडिमालिकातर्फ पेटारो पठाइयो | ‘लुम्बिनी प्रदेशको पर्यटन अर्थतन्त्रको मेरुदण्ड’ | सबै आपराधिक घटना प्रहरीको ‘इन्स्टिच्युसनल मेमोरी’ मा छ : प्रहरी महानिरीक्षक कार्की | सडक दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते | दुर्गममा प्रशासनिक सेवा विस्तारले कुन्नावासीलाई राहत | साढे दुई दशकपछि फेरि गुञ्जियो लुमको आवाज | कक्षाकोठा अभाव झेल्दै आएको सुकुर्दुङको विद्यालयमा थपिए १२ कोठा |

मोटरसाइकल चोरीमा संलग्न ३ जना रुपन्देहीबाट पक्राउ

Ujyalosandeshonline 12122+ समाचार ( )
५ श्रावण २०८२, आइतबार

भैरहवा । जिल्ला प्रहरी कार्यालय, रुपन्देहीले मोटरसाइकल चोरीमा संलग्न रहेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ। सिद्धार्थनगर नगरपालिका-५ स्थित पवन मिष्ठान्न भण्डार अगाडि पार्किङ गरी राखेको लु ५६ प ८०३२ नम्बरको पल्सर मोटरसाइकल चोरी भएको थियो।

मोटरसाइकलधनी नवराज यादवले दिएको उजुरीको आधारमा अनुसन्धान अगाडि बढाएको प्रहरीले रोहिणी गाउँपालिका-२ बाट चोरीमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरेको हो। रुपन्देहीका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक (एसपी) प्रदीपबहादुर क्षेत्रीका अनुसार चोरी भएको मोटरसाइकलसहित उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

पक्राउ पर्नेहरूमा रोहिणी गाउँपालिका-२ का २५ वर्षीय अमरनाथ गुप्ता, ओमसतिया गाउँपालिका-५ का २० वर्षीय कलिम अन्सारी र रोहिणी गाउँपालिका-३ का १८ वर्षीय राम सतिश गुप्ता रहेका छन्।प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य अगाडि बढाएको जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार