मुख्य समाचार
सिन्धुलीमा ‘टाटा सुमो ’ दुर्घटना : तीनको मृत्यु, तीन जना बेपत्ता | गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’ | पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना | भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद |

राजनीतिक परिवर्तनलाई समृद्धिसँग जोडौं : नारायणकाजी श्रेष्ठ

Ujyalosandeshonline 12548+ समाचार ( )
१२ श्रावण २०८१, शनिबार

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष एवम् पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले ऐतिहासिक राजनीतिक परिवर्तनलाई आर्थिक विकास र समृद्धिको फड्कोमा पु¥याउन सक्दा मात्र जनताले वास्तविक परिवर्तनको अनुभूत गर्ने बताएका छन् । 

आफुले सरकारमा हुँदा त्यही प्राथमिकतामा काम गरेको र सुशासनका पक्षमा तथा भ्रष्टाचारका विरुद्धमा ठूला अभियान सुरु गरेको बताए । 

हात्तीवनस्थित ज्ञाननगर मार्गमा आयोजित भेल्पा हात्तीवन जग्गा एकीकरण आयोजना सहयोग समितिका निर्वाचित पदाधिकारीलाई सपथ गराउने र प्रमाणपत्र वितरण गर्ने समारोहलाई सम्बोधन गर्दै श्रेष्ठले यस्तो बताएका हुन् । 

तीन वर्षमा सम्पन्न भैसक्नुपर्ने भेल्पा हात्तीवन जग्गा एकीकरण आयोजना १० वर्ष भैसक्दा पनि पुरा नभएको तर अब सहयोग समिति र उपत्यका विकास प्राधिकरण जिल्ला आयुक्तको कार्यालयले आवश्यक समन्वय गरेर कामलाई गति दिने विश्वास उनले व्यक्त गरे । 

जग्गा एकीकरण आयोजनामा सहभागी भएर पनि कयौंले अझै धनीपुर्जा नपाएको, खोलाको सीमाकंनको विवाद अदालत पुगेको, आयोजनामा पर्ने जग्गा अझै व्यक्तिसँगै रहेको जस्ता समस्या आपसी छलफल र मैत्रीपूर्ण सामाजिक समन्वयबाट समाधान गर्न सकिने उनको भनाइ छ । आयोजना भित्रको विकास, सुविधा र सुरक्षाका सबै पूर्वाधार छिटो सम्पन्न गर्न समेत उनले आग्रह गरे । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार