मुख्य समाचार
अग्नी पिडीतलाई पूर्व अध्यक्षद्वारा आर्थिक सहयोग | सिद्धार्थनगर–३ ले उचाल्यो मेयर कपको उपाधी | विपद् प्रभावितको निजी आवास पुनःनिर्माण प्रक्रिया सुरु | ‘डेढ वर्षभित्र देश पूर्ण विद्युतीकरण घोषणा हुनेछ’ | मोबाइलमा चर्को बोल्दा हत्या, घटनाको नौ वर्षपछि अभियुक्त पक्राउ | मेयर बालेनले भने– ‘जुनसुकै पालिकाको भएपनि सिफारिस लिएर आउनुहोला, गरिब र असहायको उपचार काठमाडौं महानगरले गर्छ’ | लुम्बिनीको तराईमा अत्यधिक गर्मी, घरबाहिर ननिस्कन विभागको अनुरोध | लगानी सम्मेलन आजदेखि, ५४ देशका लगानीकर्ता काठमाडौंमा | ज्यान मुद्दाका पाँच महिला प्रतिवादी १७ वर्षपछि पक्राउ | देशभर प्राथमिक तह तृतीय श्रेणीका लागि चार हजार बढी संख्यामा शिक्षक माग |

रुपन्देहीको कोटहीमाईमा घुम्ती बैठक सम्पन्न

जैसमोहम्मद खान 22+ समाचार ( )
१६ चैत्र २०८०, शुक्रबार

मर्चवार । रुपन्देहीको कोटहीमाई गाउँपालिकामा जिल्लाका सम्पूर्ण स्थानीय तहहरु र जिल्ला समन्वय समितिबीच घुम्ती बैठक सम्पन्न भएको छ ।

जिल्ला समन्वय समितिको आयोजना तथा सम्बन्धित गाउँपालिकाको व्यवस्थापनमा हरेक महिना फरकफरक पालिकामा हुने स्थानीय तहहरुबीच बैठक विभिन्न प्रस्तावहरुमाथि छलफल गरी सम्पन्न भएको हो ।

बैठकमा आगलागीबाट हुने विभिन्न किसिमको विपद्का घटनाहरु न्यूनीकरणका लागि संयुक्त पहल गर्ने, बजार अनुगमनलाई प्रभावकारी बनाउने, छाडा चौपायाको व्यवस्थापनबारे संयुक्त रुपमा आ–आफ्ना पालिकाभित्र लागू गर्ने/गराउनेबारे छलफल गरिएको थियो । 

रुपन्देहीमा छाडा चौपाया व्यवस्थापन नै प्रमुख चुनौतीको रुपमा देखिएकोले बर्दिया राष्ट्रिय निकुञ्जमा व्यवस्थापनको लागि समिति निर्माण गरिएको बैठकका प्रमुख अतिथि तथा जिल्ला समन्वय समितिका प्रमुख उमाकान्त चपाईंले जानकारी दिए । 

त्यसै गरी गहुँबाली भित्र्याइसकेपछि बाँकी रहेको ठुटोमा जलाउने क्रममा हुने आगलागीबाट हानी नोक्सानीबारे आम नागरिकमा जनचेतना फैलाएर त्यस्ता गतिविधि रोकथाम गर्न समेत बैठकमा छलफल भएको उनले बताए । बजार अनुगमन समेत प्रभावकारी बनाउन छलफल भएको चपाईंले बताए ।

बैठकमा बोल्दै रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले आफ्नो पालिकाभित्र रहेको अन्य सरकारी कार्यालयप्रति पनि अपनत्व लिन आग्रह गरे । मर्चवार क्षेत्रका करीब डेढ लाख जनसंख्यालाई सेवा दिने ईलाका प्रशासन कार्यालय मझगावाको भवनको अवस्था जीर्ण भइसकेको मर्चवारको तीनवटै पालिकासहित छिमेकी पालिकाले आउने आर्थिक वर्षमा भवन निर्माणका लागि बजेट बिनियोजन गर्न उनले आग्रह गरे ।

स्थानीय तहहरुबाट नागरिकताको प्रमाणपत्रका लागि सिफारिसमा आवश्यक कागजात प्रमाण भए कुनै बहाना नगर्न उनले आग्रह गरे । नेपाली नागरिक भएर पनि स्थानीय तहको सिफारिसको अभावले नागरिकताबिहीन भएको बताउँदै सहज रुपले सेवा दिन उनले आग्रह गरेका थिए । आउने बैठकमा हरेक पालिकाले एक/एक विषयमा प्रस्तुती गर्नुपर्ने प्रावधान मिलाउन उनले जिल्ला समन्वय समितिका प्रमुख चपाईंलाई आग्रह गरे ।

कोटहीमाई गाउँपालिकाका अध्यक्ष बालकृष्ण त्रिपाठीले पालिकाहरुसहित जिल्ला समन्वय समिति तथा अन्य निकायले एकआपसमा सम्मान तथा सद्भावको भावना राखी काम गर्न आग्रह गरे ।  

पूर्वनिर्धारित एजेण्डासहित अन्य अनुभव साटासाट गरी विकास निर्माण तथा सेवामा एकरुपता आउने बताउँदै नियमित मासिक बैठकमा हरेक स्थानीय तहका प्रमुख, उपप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृत अनिवार्य रुपमा उपस्थित हुन उनले आग्रह गरे । 

कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्याल, गैडहवा गाउँपालिकाका अध्यक्ष सुरेन्द्र पौडेल, शुद्धोधन गाउँपालिका अध्यक्ष विष्णु प्रसाद बस्याललगायत विभिन्न स्थानीय तहका प्रमुखहरुले बैठकमा विभिन्न राय–सुझावसहित जिल्लामा एकरुपता र सहकार्यको भावना सिर्जना गरी विकास निर्माण, सेवा प्रवाहलाई अझ सहज बनाउनुपर्नेलगायतका बारेमा भनाइ राखेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार