मुख्य समाचार
घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु | रुपन्देहीमा कटुवा पेस्तोल र छर्रासहित दुई जना पक्राउ | मेलाबाट उठेको रकम पर्यटनमा लगानी | पोखरामा जग्गाको कित्ताकाट खुल्यो | कृष्णभीरमा नयाँ ट्याक अन्तिम चरणमा : असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी | गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको लाम | सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल | कांग्रेसको संस्थापनइतर पक्षले छुट्टै १५औँ महाधिवेशन गर्ने | मर्चवारीमाईको श्रीराम गुरुकुलद्वारा बाल दिवसमा प्रभातफेरी आयोजना |

किसान वर्षभरी माटोमा खेल्छ तर ६ महिना भन्दा बढी खान पुग्दैन् : मन्त्री अधिकारी

Ujyalosandeshonline 12320+ समाचार ( )
१० चैत्र २०८१, सोमबार

काठमाडौं ।  कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकले कृषि नीतिका सम्बन्धमा छलफल गरेको छ ।  सोमबार बसेको बैठकले कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा तर्जुमाको चरणमा रहेको कृषि नीतिका सम्बन्धमा सम्बन्धित विज्ञ व्यक्तित्वहरुसँग छलफल गरेको हो ।

उक्त बैठकमा बोल्दै कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषि नीति अगाडि बढाउनका लागि मन्त्रालय गम्भीर रहेको बताए  । उनले किसान वर्षभरी माटोमा खेल्छ, ६ महिना भन्दा बढी खान मिल्दैन त्यसैले हामी यो विषयमा सोच्नुपर्ने बताए । 

उनले  भने, ‘कृषि नीति अगाडि बढाउनका लागि के गर्नुपर्ला त्यसका लागि ठोस नीति सुझावको रुपमा लान मन्त्रालय गम्भीर छ ।  जमिन छैन, मलबिउ छैन, तर गरिबीमा बाचेको छ । वर्षभरी माटोमा खेल्छ, ६ महिना भन्दा बढी खान मिल्दैन् ।  त्यसैले यस विषयमा सोचौं ।

मध्यम खालको जसले वर्षभरी खेती गर्छ, ऊ बाच्न सक्छ । त्यसका विषयमा पनि सोचौं । र तेस्रो कुरा व्यवसायिक किसानहरुको  फेरीफेरीमा रहेर नीति बनाउन सक्यौं भने दौडिएर जता जान खोजेको हो त्यहाँ नपुगौंला, तर यसलाई कार्यान्वयन चरणमा व्यवस्थापन गर्न सक्छौं । नेपालले यति कल्पना गरे पुग्छ अहिलेको लागि ।’ साथै उनले आयातको  भरले  बाँच्न नसकिने बताए । उनले  सिंगो  नेपाली बाँच्नको लागि आयातले मात्रै नहुने बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार