मुख्य समाचार
सिन्धुलीमा ‘टाटा सुमो ’ दुर्घटना : तीनको मृत्यु, तीन जना बेपत्ता | गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’ | पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना | भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद |

अमित गुप्ताको अध्यक्षतामा राष्ट्रिय वैश्य महासंघ रुपन्देही गठन

महेश गुप्ता 2+ समाचार ( )
६ श्रावण २०८२, सोमबार

भैरहवा । राष्ट्रिय वैश्य महासंघ नेपालको रुपन्देही जिल्ला कमिटी गठन भएको छ । भैरहवामा सम्पन्न एक भेलाले समाजसेवी अमित गुप्ताको अध्यक्षतामा २७ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मतरूपमा चयन गरेको हो । नवनिर्वाचित अध्यक्ष गुप्ता पर्यटन व्यवसायी तथा युवा समाजसेवीको रुपमा पनि सक्रिय हुनुहुन्छ । उहाँ जायसवाल सेवा समिति, रुपन्देही तथा नागरिक समाज रुपन्देहीका अध्यक्षसमेत हुनुहुन्छ ।

नवगठित कार्यसमितिको उपाध्यक्षमा अशोक कुमार शाह, जोगेन्द्र अग्रहरि, पूर्णिमा रौनियार, शत्रुधन पण्डित र बेचन प्रसाद गुप्ता चयन हुनुभएको छ । यसैगरी, महासचिवमा तालकेश्वर कान्दु, सचिवमा गणेश गुप्ता, विजय कौशल र अरुण केसरी तथा कोषाध्यक्षमा त्रिभुवन अग्रहरि र सहकोषाध्यक्षमा किरण गुप्ता, पप्पू कौशल र दिपेश गुप्ता चयन हुनुभएको छ ।

समितिका सदस्यहरूमा सञ्जय रौनियार, उषा जैसवाल, सारदुल कसौधन, हरेन्द्र पटवा, गिरजाशंकर गुप्ता, रूबी रौनियार, राजकुमार बनिया, इन्द्रजीत शाह, योगेन्द्र गुप्ता, अशोक कुमार गुप्ता, विरेन्द्र कोहर र कन्हैयालाल सेंदुरिया रहनुभएको छ । भेलाले महेश गुप्तालाई प्रेस सल्लाहकारमा मनोनित गरेको छ ।

राष्ट्रिय वैश्य महासंघ नेपालका वरिष्ठ उपाध्यक्ष रामचन्द्र साहको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा महासंघका राष्ट्रिय सचिव तथा कार्यक्रम संयोजक राम उदार महासेठ र राष्ट्रिय सचिव बजरंगी साह लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन नवनिर्वाचित महासचिव तालकेश्वर कान्दुले गर्नुभएको थियो ।

प्रतिक्रिया

डा.सन्तोष कुमार साह १२ श्रावण २०८२, आइतबार

पब

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार