मुख्य समाचार
कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन |

पानीको अभावले मर्चवार लिफ्ट सिँचाइ सञ्चालनमा समस्या

Ujyalosandeshonline 12441+ समाचार ( )
७ असार २०८३, आइतबार

देवदह (रुपन्देही) । तिनाउ नदीमा पानीको सतह घटेपछि मर्चवार लिफ्ट सिँचाइ आयोजनाको पम्पस्टेसन सञ्चालनमा समस्या भएको छ । रोपाइँका साथै कतिपय स्थानमा बीउ राख्ने समयमा नदीमा पर्याप्त पानी नहुँदा सिँचाइ सेवा प्रभावित बनेको हो ।

मर्चवार लिफ्ट सिँचाइ जल उपभोक्ता संस्थाका अध्यक्ष राजेन्द्र यादवका अनुसार लामो समयदेखि वर्षा नहुँदा तिनाउ र दानव नदीमा पानीको सहत घट्दै गएपछि समस्या भएको हो । नदीमा पानीको सतह पम्पले पानी तान्न मिल्ने न्यूनतम स्तरभन्दा तल झरेपछि नियमित सिँचाइ सेवा पु¥याउन कठिनाइ भएको उहाँले बताउनुभयो ।

अध्यक्ष यादवले भन्नुभयो, “रोपाइँ सुरु भइसकेको छ । किसान सिँचाइका लागि मर्चवार लिफ्ट आयोजनामा निर्भर छन् । तर, नदीमा पर्याप्त पानी नहुँदा पम्प नियमित सञ्चालन गर्न समस्या भइरहेको छ । पाँच वटा पम्प जडान भए पनि पानीको अभावका कारण हाल तीन वटा पम्प मात्र सञ्चालनमा छन् ।” उहाँका अनुसार दानव नदीबाट बग्ने पानीलाई रोक्न कम्तीमा पाँच फिट उचाइको बाँध (ड्याम) निर्माण गर्न सके नियमित रूपमा पानी आपूर्ति गर्न सहज हुनेछ ।

पम्पस्टेसन प्रबन्धक अकरम खानले नदीको पानी आयोजनाको डिजाइनअनुसार तोकिएको न्यूनतम स्तरभन्दा करिब एक दशमलव पाँच मिटर तल झरेको जानकारी दिनुभयो । यस्तो अवस्थामा पम्प सञ्चालन गर्दा मोटर तथा अन्य उपकरणमा क्षति पुग्ने जोखिम बढेकाले चलाउन नसकिएको उहाँको भनाइ छ । 

“विद्युत् आपूर्ति र उपकरणको अवस्था राम्रो छ । तर, पानीको अभावका कारण लामो समयसम्म मोटर चलाउँदा उपकरण बिग्रिन सक्ने सम्भावना भएकाले सावधानी अपनाउनुपरेको हो”, खानले भन्नुभयो । हाल तिनाउ नदीका विभिन्न भागमा पानी सुकेर घाँस उम्रिन थालेको छ । नदी किनारका जमिन चिरा पर्न थालेका छन् भने बीच भागमा बालुवा र माटो देखिन थालेको छ । यस्तो अवस्थाले सिँचाइमा मात्र नभई समग्र कृषि उत्पादनमा समेत गम्भीर असर पार्ने सङ्केत देखिएको उहाँले बताउनुभयो ।

यसैबीच, रोपाइँका समयमा पर्याप्त पानी नपाउँदा किसान चिन्तित बनेका छन् । कतिपय किसानले रोपेको धान सुक्ने डर व्यक्त गरेका छन् भने केहीले अझै रोपाइँ सुरु गर्न सकेका छैनन् । आकाशे पानीको भरमा बसेका किसानहरू दिनहुँ वर्षा हुने आशामा आकाशतिर हेर्न बाध्य छन् । मर्चवार क्षेत्रको कृषि उत्पादन मुख्यतः उक्त सिँचाइ आयोजनाको पानीमा निर्भर छ । यदी पानीको अभाव हुँदै गएमा धान उत्पादनमा कमी आउने र किसानहरूले ठूलो आर्थिक क्षति व्यहोर्नुपर्ने अवस्थाको सिर्जना हुनसक्ने स्थानीय हृदयराम गुप्ताले बताउनुभयो ।

स्थानीय बासिन्दाका अनुसार मर्चवार लिफ्ट सिँचाइ आयोजनाले खेतीपातीका साथै भू–जलको सतह सन्तुलित राख्न समेत महत्वपूर्ण भूमिका खेलेको छ । आयोजनाबाट पर्याप्त पानी आपूर्ति हुन नसके भविष्यमा खानेपानीको स्रोतमा समेत असर पर्नसक्ने भन्दै स्थानीयहरूले चिन्ता व्यक्त गरेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार