मुख्य समाचार
मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहरः महानिरीक्षक कार्की | दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान | जुम्लामा मार्सीधान काट्ने चटारो | सिँचाइ र सहरी विकासका लागि नयाँ कानुन निर्माण गरिँदै : मन्त्री सुनिल लम्साल | सिन्धुलीमा ‘टाटा सुमो ’ दुर्घटना : तीनको मृत्यु, तीन जना बेपत्ता | गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’ | पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै |

कालिकोटमा सडक डिभिजन कार्यालयको डोजर तोडफोड

Ujyalosandeshonline 12552+ समाचार ( )
३१ असार २०८२, मङ्गलबार

मुगु । सडक डिभिजन कार्यालय जुम्लाको डोजर कालिकोटमा तोडफोड गरिएको छ । कालिकोटको तिलागुफा नगरपालिका गाल्जेमा वर्षाका कारण भत्किएकोे सडक निर्माण गर्न गएको स्काभेटर डोजर तोडफोड गरिएको हो ।

सडकको खाल्डो पुर्नका लागि गाल्जे गएको आर.डी. ०४२०६६ नम्बरको ह्याब्बी स्काभेटर डोजर कालिकोट जुपिथाका अपरिचित युवाले तोडफोड गरेका हुन् । सडक डिभिजन कार्यालय जुम्लाका सवारी चालक तेजेन्द्र हितानका अनुसार गाल्जेमा अवरुद्ध सडक निर्माणका क्रममा रहेको ह्याब्बी स्काभेटर डोजर जुपिथाका ६÷७ जना परिचित युवाको समुहले तोडफोड गरेको बताए ।

उनले भने, ‘अवरुद्ध कर्णाली राजमार्गको गाल्जेमा स्काभेटरले २५ वटा होल खोपेको थियो । खोपेका २५ वटा होल मध्ये १० वटा होलमा माटोले पुरी दिएको छ ।’ सवारी चालक हितानले सव डिभिजन कार्यालय जुम्लाबाट गएको टोली माथी समेत हातपात भएको बताए । 

‘कर्णाली राजमार्ग निर्माणका क्रममा रहेको स्कोटरलाई तेल उपलव्ध गराउनका लागि गएको बा २ भ १६६८ नम्बरको गाडीको चालकलाई हातपात गर्ने प्रयास गर्दा गाडीको भाइजरसमेत फुटेको छ,’ उनले भने । कालिकोट जुपिथाका ५÷६ जना युवालाई कालिकोटको गाल्जेमा रहेको प्रहरी चौकीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय कालिकोटका अनुसार घटनाको थप आवश्यक अनुसन्धान भइरहेको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार