मुख्य समाचार
समानुपातिकतर्फका उम्मेदवारलाई बुधबार प्रमाणपत्र दिइने | ग्यासको अवैध कारोबार भइरहेको सूचना पाए जानकारी दिन विभागद्वारा अनुरोध | विद्यार्थीलाई ट्राफिक व्यवस्थापन सिकाउँदै प्रहरी उपरीक्षक पाण्डे | श्रीराम ग्यास उद्योगको गोदाममा छ हजार सिलिन्डर लुकाएको भेटियो | अर्घाखाँचीमा १५ जनाले लिए ३९० घण्टे मन्टेश्वरी तालिम, स्वरोजगार बन्न सघाउ पुग्ने विश्वास | अर्घाखाँचीको आर्थिक अवस्था पहिचान गर्न आर्थिक गणना कार्यालय स्थापना | सोह्र औषधि पसल निलम्बनमा | सिकार खेल्न गएका छ जना नौ दिनदेखि सम्पर्कविहीन | सारसको रोजाइमा लुम्बिनी : स्थानीयको संरक्षणले फस्टाउँदै प्रजननस्थल | वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी |

गैडाटार युवाहरु सडक ग्रावेल र सरसफाइमा जुटे

Ujyalosandeshonline 10783+ समाचार ( )
३ भाद्र २०८२, मङ्गलबार

रौतहट । रौतहटका युवाहरु श्रम गर्न विदेशिएको अवस्थामा एक गाउँका युवा समुह सडक ग्रावेल र सरसफाइमा जुटेको छ । विगत केही दिन देखि  चन्द्रपुर नगरपालिकाको वडा नम्बर ३ गैडाटारका युवाको समुहले खाल्डाखुल्टी सडकमा ग्रावेल विछ्याएको छ भने  सडक किनारमा रहेको  झाडी फडानी गरेको हो । समृद्ध गैडाटार निर्माण अभियानमा जुटौं युवा भन्ने  नाराका साथ निशुल्क श्रमदान गरि सामाजिक रुपान्तरणको अभियानमा जुटेका हुन । यो अभियानको अगुवाइ गर्दै आएका स्थानीय युवा उपेन्द्र गोले अहिलेको समयमा निशुल्क 

श्रम गर्ने कोहि पनि नभेटिने तर्क राखेका छन । निस्वार्थ भावका साथ गरिएको यो श्रमले पक्कै गैडाटारको मुहार फेरिने उनको भनाइ छ । सानो सानो कामका लागि पनि स्थानीय सरकार वा जनप्रतिनिधि ताक्ने काम राम्रो नभएकाले गाउँभरीका युवा एकीकृत भएर गरिएको यो कार्य प्रशंसा योग्य भएको उनले बताए । 

उक्त युवा समुहले पुर्व टोल गुम्बा क्षेत्रको कालोपत्रे सडकमा भएका खाल्डाखुल्टीमा ग्रावेल विछ्याएको छ भने  फुटबल चौर किनार  , पुरानो टोल नमुना डाडा टोल र चादी पुल माथी पनि  खाल्डाखुल्टी पुर्ने काम गरेको हो । अहिले गुम्बा परिसर र कर्मध्वज लामा सालिक क्षेत्रमा सरसफाईको काम भै रहेको छ । 

आफ्नो गाउँ ठाँउबाट नै परिवर्तन गर्न सकिन्छ भन्ने पाठ गैडाटार युवा समुहबाट सिक्न सकिन्छ । विकास र परिवर्तन सबैलाई चाहिएकाले गैडाटार युवा जस्तै अन्य गाउका पनि यस्ता किसिमका कार्यको थालनी गर्नु पर्छ । यो नै वडालाई समृद्ध बनाउने आधार निर्माण गर्न सकिने देखिन्छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार