मुख्य समाचार
‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ | कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न |

भारतले सेमिफाइनल खेल्ने सम्भावना बलियो, पराजित बंगलादेश अन्तिम आठबाट बाहिरियो

Ujyalosandeshonline 11768+ समाचार ( )
१० असार २०८१, आइतबार

काठमाडौं । आइसिसी टी– २० विश्वकपअन्तर्गत ‘सुपर–८’मा भारतले लगातार दोस्रो जित निकालेको छ । यो सँगै भारतले सेमिफाइनल खेल्ने सम्भावना बलियो बनेको छ । 

शनिबार राति सम्पन्न खेलमा भारतले बंगलादेशलाई ५० रनले पराजित गरेको हो। भारतले दिएको १ सय ९७ रनको लक्ष्य पछ्याएको बंगलादेशले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १ सय ४६ रनमा समेटियो । 

बंगलादेशका कप्तान नजमुल शान्तोले सर्वाधिक ४० रनको पारि खेले । तन्जिद हसनले २९, रिशाद हुसेन २४, लिटनकुमार दास र महमुदउल्लाहले समान १३ जोड्दा शाकिब अल हसनले ११ रन बनाए । 

भारतका कुलदीप यादवले सर्वाधिक तीन विकेट लिए । यस्तै, अर्शदीप सिंह र जसप्रीत बुमराहले समान दुई विकेट लिँदा हार्दिक पाण्ड्याले एक विकेट निकाले । 

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ओभरमा ५ विकेट गुमाएर १९६ रन बनाएको थियो । भारतका लागि ब्याटिङतर्फ हार्दिक पाण्डेयले जारी विश्वकपमा आफ्नो पहिलो अर्धशतकीय पारी खेले । २७ बलको सामना गरेका उनले १९औँ ओभरको अन्तिम बलमा चौका प्रहार गरी ५० रन पूरा गरेका थिए । 

यस्त्ै, विराट कोहलीले ३७, शिवम दुबे ३४, ऋषभ पन्त ३६, कप्तान रोहित २३ र सुर्यकुमार यादवले ६ रन बनाए । अक्षर पटेलले अविजित ३ रन बनाए । 

बलिङतर्फ बंगलादेशको लागि तान्जिन साकिब र रिशाद हुसेनले समान दुई – दुई विकेट लिँदा शकिब अल हसनले एक विकेट लिए । शनिबारको खेलमा पराजित बंगलादेश सुपर एटबाटै बाहिरिएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै