मुख्य समाचार
पहिरोले अवरुद्ध कर्णाली करिडोर एकतर्फी खुल्यो | केरा खेतीबाट आत्मनिर्भर बन्दै बोरुङका किसान | रगतको अभाव हुन नदिन रक्तदान महोत्सव जेठ ३० मा आयोजना हुने | रासायनिक मल उठाउन तथा वितरण प्रक्रियामा आवश्यक समन्वय गर्न निर्देशन | टिपर दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते | मुस्ताङमा रसिलो स्याउको ब्रान्डी बनाउने सरकारी उद्योग बन्द | बिमा दाबी गर्न सुनचाँदी चोरीको नाटक | भूमिहीन नागरिकको जग्गा व्यवस्थापनका लागि नापनक्सा | हावाहुरीले मर्चवारीमाईमा केरा खेती नष्ट: कृषक यादवको लाखौंको क्षति | मर्चवारीमाई गाउँपालिकाद्वारा उत्कृष्ट एसईई विद्यार्थी सम्मानित |

‘सबैको सहयोगबिना अपराधरहित न्यायपूर्ण समाजको निर्माण गर्न सकिदैन्’

Ujyalosandeshonline 11511+ समाचार ( )
१९ माघ २०८१, शनिबार

पोखरा । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरले समाजका सबै वर्ग र समुदायको सहयोगबिना अपराधरहित न्यायपूर्ण समाजको निर्माण गर्न नसक्ने बताएका छन् । शनिबार पोखरामा सामुदायिक सेवा केन्द्र एंव सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीको १८ औं साधारण सभा एंव १० औं अधिवेशनका अवसरमा आयोजित कार्यक्रममा उनले शान्ति सुरक्षा, अपराध नियन्त्रण र अनुसन्धान नेपाल प्रहरीको प्राथमिक जिम्मेवारी भएपनि समुदाय र नागरिकहरुको सहकार्यबिना यो सब सम्भव नभएको बताए । 

उनले भने, ‘शान्ति सुरक्षा, अपराध नियन्त्रण र अनुसन्धान नेपाल प्रहरीको प्राथमिक जिम्मेवारीको क्षेत्र हो । यो जिम्मेवारी समुदाय र नागरिकहरुको सहयोग र सहकार्यबिना प्रहरीको एकल प्रयासले मात्र सम्भव हुदैँन् । त्यसकारण समाजका सबै वर्ग क्षेत्र र समुदायको रचनात्मक सहयोग र सहकार्य भएमा मात्र अपराधरहित न्यायपूर्ण समाजको निर्माण गर्न सफल हुनेछौ ।’

यसको साथै, उनले अपराध, लागू औषध दुर्व्यसन र यौनजन्य हिंसाका बारेमा सचेतना जगाउने खालको पाठ्यक्रमनै तर्जुमा गर्ने हो भने अपराधका घटनाहरु कम हुने पनि बताए । उनले भने, ‘विद्यार्थीहरुलाई अपराधिक क्रियाकलाप र कुलतमा फस्न नदिन पाठ्यक्रमनै तर्जुमा गरि अपराध, लागू औषध दुर्व्यसन र यौनजन्य हिंसाका बारेमा सचेतना जगाउने तर्फ हामी लागेका छौ । करिब १ सय ७५ वटा स्थानीय सरकारहरुले यो कुरालाई पाठ्यक्रममा समावेश गरेको छ ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार