भैरहवा । सशस्त्र प्रहरीले रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१ बाइपासबाट करिब रु तीन लाख सात हजार बराबरको अवैध सामान र ओसारपसारमा प्रयोग गरिएको एक थान स्कुटर नियन्त्रणमा लिएको छ। भारतबाट भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको कस्मेटिक, किराना सामान तथा गाडीका पार्टपुर्जा सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म हे.क्वा. डण्डाबाट खटिएको गाडी मोबाइल टोलीले नियन्त्रणमा लिएको हो।
बरामद गरिएका कस्मेटिक, किराना सामान र मोटर पार्टसको अन्दाजी मूल्य रु दुई लाख सात हजार तथा ओसारपसारमा प्रयोग भएको स्कुटरको मूल्य रु एक लाख गरी कुल रु तीन लाख सात हजार बराबरको सामान नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी नायब उपरीक्षक गोपिकृष्ण भट्टराईले जानकारी दिनुभयो। नियन्त्रणमा लिइएका सम्पूर्ण सामान र स्कुटर आवश्यक कारबाहीका लागि स्थानीय भन्सार कार्यालयमा बुझाउने प्रक्रिया अघि बढाइएको सशस्त्र प्रहरीले जनाएको छ।