मुख्य समाचार
‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ | कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न |

प्रहरी रमिते : भैरहवा भन्सारद्वारा बुद्धचोकबाट सूर्ती र चुरोट बरामद

Ujyalosandeshonline 11768+ समाचार ( )
३२ असार २०८१, सोमबार

भैरहवा । भैरहवा भन्सार कार्यालयले भन्सार छलेर भित्राइएको आशंकामा सूर्ती र चुरोट बरामद गरेको छ । सिद्धार्थनगर–९ (भैरहवा) कठौतिया स्थित एक घरमा लुकाएर राखिएको अवस्थामा आठ लाख ६० हजार रुपैयाँ बराबरको सूर्ती र चुरोट बरामद गरिएको भैरहवा भन्सार कार्यालयका प्रमुख नारद गौतमले बताए ।

भन्सार छलेर भित्राइएको साम्रगीहरु भन्सार कार्यालयले बरामद गरिरहँदा सीमानाकामा रहेको नेपाल प्रहरी र सशस्त्र प्रहरी रमिते बनेका छन् ।पछिल्लो समय भैरहवा भन्सार राजस्व छलीप्रति आक्रमक रुपमा उत्रिएको छ । कार्यालयले भन्सार छलेर भित्राउने साम्रगीहरु ठुलो परिमाणमा प्रायजसो बरामद गरिरहेको छ ।

‘भन्सार राजस्व चुहावट विरुद्ध हामीले अभियान चलाएको छौँ’, भन्सार प्रमुख गौतमले भने, ‘जसअनुसार हामीले विभिन्न स्थानमा साम्रगीहरु बरामद र संग्लन व्यक्तिहरुलाई पक्राउ गरेर कारवाही गरिरहेका छौँ ।’

भन्सार प्रमुख गौतमको नेतृत्वमा खटिएको टोली गोदाममा छापा मारेर सूर्ती र चुरोट बरामद गरेको हो । कार्यालयका अनुसार गोदामबाट दुई क्विन्टल ८० किलो धुलो सूर्ती, एक सय एक प्याकेट क्लासिक ब्राण्डको चुरोट, एक हजार ८५ प्याकेट कुल लिप समेत तयारी सूर्ती बरामद गरिएको छ ।

‘घरको कोठामा गोदाम बनाएर भन्सार छलेर भित्राइएको सूर्ती र चुरोट डम्प गरिएको सूचना पाएका थियौँ’ उनले भने, ‘गएर हेर्दा ती सामग्रीहरु बरामद भयो । भन्सार प्रज्ञापन पत्र पाइएन । सामग्री धनी फरार भएको र घरधनीको सम्पर्क पनि नआएकोले साम्रगी नियन्त्रणमा लिएर आवश्यक विवरणका साथ साम्रगी धनीको खोजी गरिरहेका छौँ ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार