मुख्य समाचार
मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहरः महानिरीक्षक कार्की | दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान | जुम्लामा मार्सीधान काट्ने चटारो | सिँचाइ र सहरी विकासका लागि नयाँ कानुन निर्माण गरिँदै : मन्त्री सुनिल लम्साल | सिन्धुलीमा ‘टाटा सुमो ’ दुर्घटना : तीनको मृत्यु, तीन जना बेपत्ता | गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’ | पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै |

उमाकुण्डका सबै वडामा शिक्षा सुधारका लागि पिएसटी कार्यक्रम

Ujyalosandeshonline 12552+ समाचार ( )
१२ माघ २०८१, शनिबार

रामेछाप । उमाकुण्ड गाउँपालिकाले शिक्षा सुधारको लागि सो गाउँपालिकाको सबै वडामा विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ तथा अभिभावक शिक्षा कार्यक्रम (पिएसटी) सञ्चालन गरेको छ । 

बालबालिकाको हातमा सीप, हृदयमा आत्मविश्वास, मस्तिष्कमा समझदारी र काँधमा जिम्मेवारी बोक्ने सामथ्र्यवान् नागरिक बनाउन लक्षका साथ कार्यक्रम सञ्चालन गरिएको गाउँपालिका शिक्षा शाखाका अधिकृत डावा शेर्पाले जानकारी दिए ।

विद्यालयलाई पढ्न लायक, हेर्न लायक मात्र नभई गर्व गर्न लायक बनाई गाउँपालिकालाई शैक्षिक हब र सिकाईको  केन्द्रबिन्दु निर्माण गर्नका लागि अभिभावकको जिम्मेवारी र दायित्वलाई  बोध गराउन कार्यक्रम गरिएको उनले बताए । 

जिल्लाको सबैभन्दा उत्तरको हिमाली गाउँपालिका उमाकुण्डको वडा नं ७ भुजीबाट सुरु भएको पिएसटी हिमालको फेदी वडा नं १ गुम्देलमा पुगेर सम्पन्न भएको छ । कार्यक्रममा सो गाउँपालिका भित्रका सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकाका एक हजार ७ सय ५६ जना अभिभावक एक हजार ४ सय ६ जना सहभागी भएका शेर्पाले जानकारी दिए । 

शिक्षा सुधारको लागि गाउँपालिकाले अभियानको रूपमा सञ्चालन गरेको यो पहिलो कार्यक्रम हो । कार्यक्रममा गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवार, उपाध्यक्ष सावित्री सुनुवार, प्रमुख प्रशासकीय अधिकृत अभिनय अधिकारी, वडाध्यक्ष लगायतका जनप्रतिनिधि, गाउँपालिका शिक्षा शाखा प्रमुख लगायतका कर्मचारीहरू लगायतको सहभागिता थियो । 

सप्ताहव्यापी सो कार्यक्रमको सहजीकरण बृहत् राष्ट्रिय शिक्षा अभियानका संयोजक अभिषेक घिमिरेले गरेका थिए । यो अभियानले अभिभावक र शिक्षकहरूमा शिक्षा सुधारको लागि केही गर्नुपर्छ भन्ने भावना विकास भएको उनले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार