मुख्य समाचार
वर्तमान सरकारले सबै क्षेत्रमा निराशा मात्रै फैलायो : अध्यक्ष उपेन्द्र यादव | जुबेदा खातुन हत्या प्रकरण: दोषीमाथि कडा कारबाही गर्न पूर्व सांसद यादवद्वारा माग | त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ |

भूमिहीन नागरिकको जग्गा व्यवस्थापनका लागि नापनक्सा

Ujyalosandeshonline 12614+ समाचार ( )
२७ जेठ २०८३, बुधवार

महेन्द्रनगर । यहाँका स्थानीय तहले अव्यवस्थित बसोबासी र भूमिहीन नागरिकको जग्गा व्यवस्थापनका लागि नापनक्सा सुरु गरेका छन् । जिल्लामा नौवटा स्थानीय तह रहेका छन् । अधिकांशले पालिकाले प्राविधिक टोली खटाएर विभिन्न वडामा धमाधम नापनक्सा कार्य सुरु गरेका हुन् । शुक्लाफाँटा नगरपालिका प्रमुख रणबहादुर महराले आजदेखि वडास्तरमा पुगेर नापजाँच सुरु गरिएको बताउनुभयो । नगरपालिकाका नंं ५, १० र ११ मा नापनक्सा भइरहेको उहाँले जानकारी दिनुभयो । 

“छवटा वडाको नापजाँच पहिले नै गरिसकेका थियौँ, हाल तीनवटा वडामा काम सुरु गरेका छौँ”, नगरप्रमुख महराले भन्नुभयो, “वडा नं ६, ७ र ८ को बर्खा सकिएलगत्तै नापनक्साका लागि टोली फिल्डमा खटिनेछ ।”करिब १२ हजार सुकुम्बासी भूमिहीन, अव्यवस्थित बसोबासी र भूमिहीन दलित रहेको शुक्लाफाँटा नगरपालिकाले नापजाँचको सबै कार्य सकिएपछि लालपुर्जा वितरणका लागि भूमि आयोगलाई बुझाउने जनाएको छ ।

“हाल भूमि आयोगको प्रविधिक प्रतिनिधिसहितको टोली फिल्डमा  खटिएको छ”, नगरप्रमुख महराले भन्नुभयो, “नापनक्सा सकिएपछि सबै प्रक्रिया पूरा गरेर पुर्जाका लागि आयोगसमक्ष कागजात हस्तान्तरण गरिनेछ ।”करिब ६० हजार भूमिहीन दलित–सुकुम्बासी र अव्यवस्थित बसोबासी रहेको कञ्चनपुरमा सबै पालिकामा समस्या रहेको जनाइएको छ । यसैगरी, यहाँको कृष्णपुर नगरपालिकाले पनि दुई दिनअघिदेखि पालिकाभित्र नापनक्सा सुरु गरेको छ । कञ्चनपुरको कृष्णपुर नगरपालिको वडा नं ५ र ६ मा जग्गा नापनक्सा कार्य थालिएको सूचना अधिकारी प्रेम बोगटीले जानकारी दिनुभयो ।

अव्यवस्थित बसोबासी तथा भूमिहीन नागरिकको जग्गा व्यवस्थापनका लागि आवश्यक काम छिट्टै सम्पन्न गर्न नापनक्सा थालिएको उहाँले बताउनुभयो । यस पालिकामा १७ हजारभन्दा बढी सुकुम्बासी भूमिहीन, अव्यवस्थित बसोबासी र भूमिहीन दलित रहेका छन् । यस्तै, नौ हजार ५०० भन्दा बढी सुकुम्बासी भूमिहीन, अव्यवस्थित बसोबासी र भूमिहीन दलित रहेको बेदकोट नगरपालिकामा प्रायः नापनक्साको काम सम्पन्न भइसकेको नगरप्रमुख भोजराज बोहराले जानकारी दिनुभयो । “शुक्लाफाँटा निकुञ्ज विस्थापितको जग्गा किचलो रहेका केही वडामा नापनक्साको काम भएको छैन । बाँकी सबैतिर नापनक्सा सकिसकेका छौँ”, उहाँले भन्नुभयो । 

यहाँको लालझाडी गाउँपालिकमा पनि केही वडाबाहेक सबै ठाउँमा नापनक्साको काम सकिएको छ । गाउँपालिकाका अध्यक्ष निर्मल रानाले वडा नं ५ मा पुनः नापनक्सा गर्नुपर्ने र हाल वडा नं १ मा काम भइरहेको जानकारी दिनुभयो । यस पालिकामा चार हजारभन्दा बढी सुकुम्बासी भूमिहीन, अव्यवस्थित बसोबासी र भूमिहीन दलित छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार