मुख्य समाचार
संविधान राजनीतिक स्थायित्व, सामाजिक न्याय र समृद्धिको आधार भएकोः लुम्बिनीका मुख्यमन्त्री आचार्य | संविधान कार्यान्वयन प्रभावकारी बनाउनुपर्नेमा जोड | भारतको बैरगनियाका विद्यार्थीद्वारा भोटेकोसी विपद् पीडितका लागि राहत सहयोग | रौतहटको प्रादेशिक अस्पताल गौरमा कार्यरत पाँच विशेषज्ञ चिकित्सक दरबन्दीस्थल फर्किए | गौर भन्सार नाकाबाट २ लाख ५४ हजार नगदसहित दुई जना पक्राउ | कांग्रेसको वडा अधिवेशनमा सहभागी हुन आग्रह | स्रोत नखुलेको ३४ लाखसहित दुई जना पक्राउ | संस्कृति, प्रकृति र आत्मगौरवको सङ्गम बन्दै आठपहरिया घरबास | लुम्बिनी विश्वकै साझा धरोहर होः मन्त्री पौडेल | भैरहवामा ‘ब्रेन एण्ड माइन्ड क्लिनिक’ सञ्चालनमा, ओपीडी र ल्याब सेवामा विशेष छुट |

लुम्बिनी बौद्ध विश्वविद्यालयमा २० हजार विदेशी विद्यार्थी पुर्याउने योजना

Ujyalosandeshonline 12343+ समाचार ( )
७ चैत्र २०८१, शुक्रबार

लुम्बिनी । नेपालका लागि चीनका राजदूत छन् सोङ्गले लुम्बिनीमा जन्मिएका गौतम बुद्धका उपदेशले नेपाल र चीनबीचको सम्बन्धलाई कसिलो रुपमा जोडेको बताएका छन् । दुई देशबीचको सम्बन्ध प्राचिन कालिन रहेको भन्दै उनले बौद्ध दर्शन प्रमुख कडीका रुपमा रहेको बताए ।

लुम्बिनी बौद्ध विश्वविद्यालय र लुम्बिनीस्थित चिनियाँ मन्दिरको आयोजनामा भएको दुई देशबीचको सांस्कृतिक आदान प्रदान कार्यक्रममा बोल्दै राजदूत सोङ्गले फहियान र ह्वेनसांग भिक्षुले लुम्बिनी भ्रमण गरी लेखेको इतिहासले नै बुद्ध जन्मस्थल नेपालमा रहेको पहिचान गराउन सकेको बताए ।

अरनिको, मञ्जुश्रीसहितका व्यक्तित्वहरुको प्रसंग कोट्याउदै राजदूत सोङ्गले बुद्ध जन्मेको देश छिमेकी हुनु नै चीनका लागि गौरवको विषय भएको बताए । ‘अझै पनि कतिपयले बुद्ध लुम्बिनीमा जन्मेका होइनन् भन्छन्, उनले भने,‘त्यो सरासर गलत कुरा हो । नेपालीहरुले हाकाहाक्की भन्नुभए हुन्छ, हेर्न बोलाए पनि भयो, बुद्ध लुम्बिनीमा नै जन्मेका हुन भन्नुपर्छ ।’

चीनमा रैथाने धर्महरु पनि रहेको भन्दै तर अहिले बुद्धका शिक्षाहरु जीवनोपयोगी रहेकाले नै चीनमा सबैभन्दा धेरै मानिसहरु बुद्ध धर्म प्रति आर्कषित भएको बताए । पवित्र मनोभावनाले चिनियाँहरु लुम्बिनीको भ्रमणमा आउने गरेको उनले बताए । उनले लुम्बिनी बौद्ध विश्वविद्यालयले बौद्ध दर्शनको प्रवद्र्धनमा महत्वपूर्ण काम गरिएको भन्दै चीन सरकारले पनि सक्दो सहयोग गर्ने बताए । 

त्यस्तै लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्यले लुम्बिनी जस्तो पवित्रभूमिमा स्थापित बौद्ध विश्वविद्यालय संसारकै एकमात्रै शैक्षिक संस्था रहेको भन्दै विश्वविद्यालयमा संसारबाट पढ्न आउने वातावरण निर्माण गरिरहेको बताए ।

बौद्ध धर्म मात्रै नभई शिक्षा रहेको भन्दै उनले बौद्ध शिक्षा प्रवद्र्धनका लागि विश्वविद्यालयले काम गरिरहेको बताए । उनले अन्तर्राष्ट्यि विद्यार्थीहरुका लागि लक्षित गरेर छात्रावासहरु निर्माण गरिरहेकाले धेरैभन्दा धेरै विद्यार्थीहरु लुम्बिनीको पवित्रभूमिमा अध्ययन गर्न आउने विश्वास गरे ।

देवदहमा २० हजार विदेशी विद्यार्थी अध्ययन गराउने योजनासहित विश्वविद्यालयले परियोजना सञ्चालन गरिरहेको बताए । उनले चीनबाट एक सयजनाभन्दा धेरै विद्यार्थी अध्ययन गर्न आइसकेको भन्दै त्यो संख्या हजारौं बनाउने योजनामा सहयोग गर्न सबैलाई आग्रह समेत गरे ।

उपकुलपति बज्राचार्यले चीन र नेपालबीचको सम्बन्ध ७० वर्षमा मात्रै सिमित नरहेको भन्दै प्राचीनकालदेखि नै दुई देशको सम्बन्ध कायम रहेको बताए । मञ्जुश्री, फाहियान, ह्वेनसांग जस्ता बौद्ध अनुयायीबाट नै दुई देशबीचको सम्बन्ध कायम रहेको उनले बताए । त्यो सम्बन्धलाई अरनिकोले अझै मजबुद बनाएको उनले स्मरण गरे ।

कार्यक्रममा दुई देशका सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरिएको थियो । लुम्बिनी बौद्ध विश्व विद्यालय मा अध्ययनरत चिनियाँ तथा नेपाली विद्यार्थीहरुले चिया संस्कृतिको प्रदर्शनी गरेका थिए । लुम्बिनी बौद्ध विश्वविद्यालयमा हाल विद्यावारिधि र स्नातकोत्तर तहमा गरी एक सय बढी चिनियाँ विद्यार्थीहरु अध्ययनरत रहेका छन् । विश्वविद्यालयले विदेशी विद्यार्थीलाई लक्षित गरी शैक्षिक कार्यक्रम सञ्चालन तथा पूर्वाधारको विकासको योजना अघि बढाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार