मुख्य समाचार
मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहरः महानिरीक्षक कार्की | दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान | जुम्लामा मार्सीधान काट्ने चटारो | सिँचाइ र सहरी विकासका लागि नयाँ कानुन निर्माण गरिँदै : मन्त्री सुनिल लम्साल | सिन्धुलीमा ‘टाटा सुमो ’ दुर्घटना : तीनको मृत्यु, तीन जना बेपत्ता | गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’ | पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै |

प्रधानमन्त्री कप क्रिकेट :
कोशी ९१ रनमै समेटिदा कर्णालीको पराकिलो जित

Ujyalosandeshonline 12552+ समाचार ( )
४ चैत्र २०८१, मङ्गलबार

भैरहवा । कर्णाली प्रदेशले कोशी प्रदेशलाई १२७ रनको अन्तरले पराजित गरेको छ । बिशाल लक्ष्य पछ्याएको कोशीका सुरुवाती ब्याट्सम्यानहरुले केही टिकेर खेल्न खोजे पनि उनिहरु पेभेलियन फर्के संगै कोशीको ब्याटिङ लाईनअप ध्वस्त हुन पुगेको छ ।

२१९ रनको लक्ष्य सहित मैदान पसेको कोशी ३५ ओभरमा आफ्नो सबै विकेट गुमाउदै ९१ रनमै अलआउट हुन पुग्यो । कोशीका लागि सबै भन्दा बढी २५ रन चिराग साहले बनाए । यस्तै साकिब हकले १३ रन र अंकित सुवेदीले १० रन बनाउदा अन्य कुनै पनि ब्याट्सम्यानहरुले दोहोरो अंक समेत जोड् सकेनन । 

कोशीलाई सस्तोमै समेट्न सुनिल धमला र दिपेन्द्र रावतले ३/३ विकेट बाडे  । यस्तै दिवन पुन २ विकेट र अनुज चुनाराले १ विकेट लिए । 

यस अघि रूपन्देहीकै एक्स्ट्राटेक ओभल क्रिकेट रङ्गशालामा टस जितर ब्याटिङ रोजेको कर्णालीले ९ विकेट गुमाउदै २१८ रन बनाएको थियो । 

कर्णालीका लागि अर्जुन घर्तिले ९५ बलमा ११ चौका र २ छक्का प्रहार गर्दै अविजित ८८ रन बनाए । यस्तै हिमांशु शाहीले ४६ रन, निश्चल रावलले २०, प्रकाश जैसीले १८ रन बनाए । 

बलिङमा कोशी प्रदेशका विपिन महतोले ३ विकेट लिए भने दिपेश कंडेल र प्रकाश कार्कीले समान २/२ विकेट लिए । श्रवण किस्कु र सुजन थपलियाको नाममा १/१ विकेट रह्यो । 

यस संगै कर्णाली प्रदेशले अंकतालिकामा थप २ अंक जोडेको छ । ५ खेल खेलेको कर्णाली प्रदेश ३ मा हार र २ मा जित निकाल्दै ४ अंक ल्याएको छ भने ६ खेल खेलेको कोही ५ मा पराजित हुदै १ जितका साथ २ अंक ल्याएर प्रतियोगिताको अंकतालिकामा पुछारमा पुगेको छ । अंकतालिकामा शिर्ष २ स्थानमा रहने २ टोली बिच फाईनल खेल हुनेछ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार