मुख्य समाचार
गल्ती गरेको ठाउँमा खबरदारी गर्नुहोला : उप मेयर अधिकारी | आगलागी एवं डढेलो नियन्त्रणमा राज्यका सबैतह जिम्मेवार बन्नुपर्छ : प्रवक्ता सापकोटा | एमालेसँग मिलेर अघि बढ्न माधव नेपाल तयार ! | बझाङमा एमालेका दमन भण्डारी निर्वाचित | डढेलोबाट २४ घण्टामा २२ जिल्लाका ६७ स्थानमा क्षति | लगानी सम्मेलनको दोस्रो दिन दुई संस्थाबीच समझदारी | साइबर अपराधको उकालो ग्राफ : नौ महिनामा १५ हजार उजुरी, ७३ जना पक्राउ | कोटहीमाई गाउँपालिकाले ट्याक्टर दुर्घटनामा परी घाइतेको उपचारमा दियो ८ लाख | अग्नी पिडीतलाई पूर्व अध्यक्षद्वारा आर्थिक सहयोग | सिद्धार्थनगर–३ ले उचाल्यो मेयर कपको उपाधी |

एमालेले दल छानेर मात्र एकता गर्ने

Ujyalosandeshonline 2393+ समाचार ( )
३ वैशाख २०८१, सोमबार

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वामपन्थी एकताको चर्चामाथि प्रश्न उठाउँदै अहिले त्यसको आवश्यकता नपरेको धारणा ब्यक्त गरेका छन् । 

आज बिहान एमालेको संसदीय दलको बैठकमा अध्यक्ष ओलीले वामपन्थी एकताले नयाँ गठबन्धनको सरकार पनि नबन्ने र त्यसले देश पनि नचल्ने भनेर टिप्पणी गरेका छन् ।

वामपन्थी एकताको बिषय आफ्नो सरोकारको भएको बताउँदै अध्यक्ष ओलीले कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्ने काम आफूले बुझेको बताएका छन् ।  वामपन्थी एकताको महत्व बुझेरै त्यसको विस्तार र एकताबाट संसदमा दुई तिहाइको अवस्थामा दललाई पु¥याएको उनको भनाई थियो । त्यसलाई तोडेकाले वामपन्थी एकताको आन्दोलन कमजोर भएको ओलीको गुनासो थियो ।

ओलीले भने, ‘अहिले भने सुशासन समृद्धिको बाटोतर्फ अघि बढ्ने, नराम्रो काम नगर्ने भनेर प्रतिबद्धता जनाउने राष्ट्रिय शक्तिको एकता आवश्यक छ । आज वामपन्थी एकता भन्ने कुराले न सरकार बन्छ, न देश चल्छ ।’

ओलीले कटाक्ष गर्दै भने, ‘वामपन्थी भन्ने, भोट चाहिं कांग्रेसलाई हाल्नेहरुसँग एकता गरेर पार्टी बलियो हँुदैन, यस्ता शक्तिहरुसँग एकता गरेर पार्टी बलियो हुन्छ भन्ने भ्रम कसैले राख्नुहुँदैन । पार्टी बलियो बनाउन संगठन विस्तार गर्नुपर्छ, सुदृढ गर्नुपर्छ ।’एमालेले एकता नै गर्दैन भन्ने अर्थ नलागोस् भन्दै ओलीले भने,‘एकता परेका बखत गर्छौं, तर छानेर ।’  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार