मुख्य समाचार
नागरिकको सर्वोच्चता कांग्रेसको पहिलो प्राथमिकता हो : सभापति थापा | नवलपरासीमा घरको ताला फुटाई चोरी गर्ने दुई जना सामानसहित पक्राउ | कम्युनिष्ट शक्तिहरूलाई एकताबद्ध बनाएर लैजानुपर्छः सहसंयोजक नेपाल | कर्णालीका छोरीहरू सक्षम र प्रतिभावान् बन्दैछन्ः प्रदेश प्रमुख जोशी | सशस्त्र प्रहरीद्वारा बाढीमा फसेका बीस जनाको उद्धार | पेट्रोलियम उत्पादनका लागि सम्झौताको गृहकार्य | उद्घाटन कार्यक्रमका सहभागी | शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकद्वारा रोहिणीका ३३ विपन्न परिवारलाई राहत सामग्री वितरण | भाले काेइली | दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाः यसै वर्ष ठेक्का आह्वान |

कम्युनिष्ट शक्तिहरूलाई एकताबद्ध बनाएर लैजानुपर्छः सहसंयोजक नेपाल

Ujyalosandeshonline 11409+ समाचार ( )
१६ जेठ २०८३, शनिबार

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकमा छरिएर रहेका कम्युनिष्ट शक्तिहरूलाई एकताबद्ध बनाएर लैजानुपर्ने बताउनुभएको छ । अखिल नेपाल महिला सङ्गठनको एकता राष्ट्रिय भेलाको आज यहाँ उद्घाटन गर्दै उहाँले सामाजिक न्याय, समानता, आर्थिक समृद्धि र संविधानको प्रभावकारी कार्यान्वयनका लागि बलियो कम्युनिष्ट एकता आवश्यक रहेको बताउनुभयो । 

सहसंयोजक नेपालले नेपाली कम्युनिष्ट आन्दोलनको ऐतिहासिक पक्षबारे समीक्षा गर्दै सैद्धान्तिक मतभेद, व्यक्तिगत टकराव र सत्ता समीकरणका कारण बेलाबेलामा कम्युनिष्ट घटकहरूबीच विभाजन आउने गरेको उल्लेख गर्नुभयो। उहाँले देश र जनताको हितमा काम गर्न विगतका टुटफुटबाट पाठ सिक्दै एकताबद्ध हुनुपर्ने आवश्यकता औँल्याउनुभयो । 

सहसंयोजक नेपालले पार्टीको एकता महाधिवेशनअगावै वडादेखि प्रदेशसम्म तोकिएको समयमा सबै जनवर्गीय सङ्गठनलाई भेला तथा अधिवेशन सम्पन्न गर्न निर्देशनसमेत दिनुभयो । उहाँले सामाजिक रुपान्तरणका लागि महिला वर्गको सशक्तीकरण अपरिहार्य रहेको र त्यसमा पार्टी सङ्गठन क्रियाशील रहेको विचार व्यक्त गर्नुभयो । भेलाले केन्द्रीय समिति, सचिवालय, कार्यालय गठन गर्नुको साथै संयोजक र सहसंयोजक चयन गर्ने जनाइएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार