मुख्य समाचार
पेन्ड्राइभसहित ५ लाख ३९ हजार बराबरको सामान बरामद | सरकारले दिगो खाद्यसुरक्षा सुनिश्चित गर्ने नीति लिएको छः कृषिमन्त्री चौधरी | स्थानीयको सक्रियतामा लाङटाङ पदमार्ग मर्मत | यातायात क्षेत्रका समस्या समाधान गर्न सांसदहरूको प्रतिबद्धता | क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति | रूपन्देहीमा व्यावसायिक फर्म बन्द हुने क्रम बढ्दो | एकैपटक एक हजार २९६ सशस्त्र प्रहरी जवान दीक्षित | पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा ‘आरएनपी–एआर’ प्रणाली लागू गरिँदै | पश्चिम नवलपरासीमा १४ लाख बढीको अवैध मदिरा बरामद | विपद्पछिको पुनर्निर्माण र पुनःस्थापना सरकारको प्राथमिकताः मन्त्री पुन |

वडा नम्बर ३ द्वारा तीन सय जनालाई कम्बल वितरण

Ujyalosandeshonline 12537+ समाचार ( )
२४ पौष २०८१, बुधवार

धकधई । रोहिणी गाउँपालिका वडा नम्बर ३ को वडा कार्यालयले ३ सय जना जेष्ठ नागरिकलाई कम्बल वितरण गरेको छ । बुधबार वडा कार्यालयमै एक कार्यक्रमको आयोजना गरि कम्बल वितरण गरिएको हो । 

अहिले शीत लहर चलिरहेको तथा बढ्दै गरेको चिसोबाट जोगिन ७० वर्ष भन्दा माथिका तीन सय जेष्ठ नागरिकलाई कम्बल वितरण गरिएको वडा अध्यक्ष बिर बहादुर क्षेत्रीले बताए । “चिसोबाट सबै भन्दा बढी वृद्ध तथा बालबालिकाहरु प्रभावित हुने भएकोले पहिलो चरणमा जेष्ठ नागरिकलाई कम्बल वितरण् गरेका हौं ।” क्षेत्रीले भने “बजेट हेरी अन्यलाई पनि कम्बल वितरण गर्नेछौं ।”

वडा कार्यालयले अहिले अत्याधिक चिसो रहेकोले यसबाट जोगिन सबै नागरिकलाई अनुरोध गरेको छ । वडाले शीतलहर, हुस्सुका कारण मानवीय तथा धनजनको क्षति हुने भएकोले शीतलहर तथा हुस्सुबाट बच्नको लागि समयमै सचेत रहन सबै वडावासीलाई अनुरोध गरेको छ । यससंगै शीतलहरबाट हुन सक्ने नोक्सानी रोक्न सबैले आ–आफ्नो तर्फबाट भुमिका निभाउन समेत वढाले अनुरोध गरेको छ । 

कम्बल वितरण कार्यक्रममा वडा अध्यक्ष क्षेत्री संगै वडा सदस्यहरु जुद्ध चौधरी, नेम बहादुर घर्ति, कविता देवी गौड, बेचनी पासी तथा कर्मचारीहरु कृष्ण मोहन यादव, रामवचन कहार, अनिल चौधरी, श्वेता विश्वकर्माले सहयोग गरेका थिए। कार्यक्रम वडा सचिव पूर्णिमा घिमिरेको सञ्चालनमा सम्पन्न भएको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार