मुख्य समाचार
‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ | कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न |

ओम्स लुम्बिनी र स्वयंसेवी रक्तदाता समाजको आयोजनामा रक्तदान

Ujyalosandeshonline 11768+ समाचार ( )
२९ वैशाख २०८१, शनिबार

भैरहवा । बजार व्यवस्थापन तथा विक्री कर्मचारी संघ (ओम्स) नेपाल लुम्बिनी ईकाई, बुटवल तथा नेपाल स्वयंसेवी रक्तदाता समाज, रुपन्देहीको संयुक्त आयोजनामा शनिबार रुपन्देहीको बुटवलमा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रमको आयोजना गरिएको कार्यक्रम संयोजक राम भण्डारीले बताए ।

ब्लड बैंक, बुटवलमा भएको कार्यक्रममा ७१ यूनिट रगत संकलन भएको कार्यक्रम संयोजक तथा संस्थाका सह–कोषाध्यक्ष दिपेन्द्र भण्डारीले बतए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवलमा छाडा चौपायाको समस्या समाधानमा सहकार्य गर्दै अघि बढेको बताए । उनले ऐतिहासिक जितगढी किल्लाको व्यापक प्रचारप्रसार गरी आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने कुरामा आशावादी रहेको बताए ।

त्यस्तै विशिष्ट अतिथि बुटवल उपमहानगरपालिका–४ का वडाअध्यक्ष नरिश्वर पौडेलले रक्तदान महान कार्य भएको बताए ।

ओम्स नेपालका केन्द्रीय अध्यक्ष सुर्य पराजुलीले सामाजिक कार्यमा अग्रसर दुवै संस्थाको संयुक्त कार्यक्रमले भाईचाराको सम्बन्ध अझै प्रगाढ हुने बताए ।

ओम्स नेपालका लुम्बिनी ईकाई अध्यक्ष अर्जुन प्रसाद नेपालको अध्यक्षता तथा अर्जुन पौडेलको सञ्चालनमा भएका कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाजका रुपन्देहीका अध्यक्ष कृष्ण चौहान, ओम्स नेपालका उपमहासचिव अमर कुमार बस्नेत, ओम्स नेपाल लुम्बिनी प्रदेश अध्यक्ष गंगासागर पन्थी, ओम्स लुम्बिनीका संरक्षक युवराज खनालले भनाइ राखेका थिए ।

कार्यक्रम पश्चात् रक्तदाताहरुले यो कार्यक्रममा सहभागी हुन पाउँदा खुसीको अनुभुति भएको भन्दै आयोजकप्रति धन्यवाद ज्ञापन गरे । कार्यक्रमको प्रवद्र्धकमा बजार व्यवस्थापन तथा विक्री कर्मचारी संघ (ओम्स) नेपाल लुम्बिनी प्रदेश कमिटी रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै