मुख्य समाचार
अर्थमन्त्री डा वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच अमेरिकामा द्विपक्षीय भेटवार्ता | लालबकैया तटबन्ध मर्मत तथा विस्तारको माग गर्दै प्रधानमन्त्रीसमक्ष निवेदन | सुन्तलामा रोग लागेपछि किसान चिन्तामा | लुम्बिनी र सीमावर्ती पर्यटन प्रवर्द्धनका लागि भैरहवामा दुई दिने सडक खाना महोत्सव | नारायणी नदीले बगाएको राइनो क्रुज अझै झिक्न सकिएन | व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल | भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार |

सुत्केरीलाई घर घरमा औषधी उपचार

Ujyalosandeshonline 12461+ समाचार ( )
१ भाद्र २०८२, आइतबार

यज्ञप्रसाद सापकोटा

बर्दिया । बर्दियाको बारबर्दिया नगरपालिकाले घर घरमा सुत्केरी चेकजाँचको सुविधा दिएको छ ।गत आर्थिक बर्ष २०८१÷८२ मा सुत्केरी भएका ८७३ जना सुत्केरी आमालाई चेकजाँच र औषधी उपचार सेवा लिएका छन् । सुत्केरी भइसकेपछि नगरपालिकाका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीबाट कम्तीमा दुई पटक सुत्केरी आमा र बच्चाको चेकजाँच गरिन्छ ।

सुत्केरी भएर घर गई सकेपछि सुत्केरी भएको तीनदिनमार सात देखि १४ दिनमा चेकजाँच गरिन्छ ।आमा र बच्चाको स्वास्थ्यमा समस्या देखिएमा सामान्य उपचार घरमै गरिन्छ भने थप उपचारका लागि नगर अस्पतालमा पठाउने गरिएको छ ।

सुत्केरी हुँदा घरमा नै सेवापाउँदा सहजभएको बारबर्दिया नगरपालिकावडा नं ३ खुरखुरेकी सोनिया बान्तवाले बताए । उनले तीन पटकसम्म स्वास्थ्यकर्मी चेकजाँच गर्न आएको भन्दै आमा र बच्चालाई समस्या परेको समयमा चेकजाँच भएको हुँदा सहज भएको बताए । बारबर्दिया नगरपालिकावडा ३ बेलवावज्जाकी रेश्मा थारूलाई पनि सुत्केरी चेकजाँच गर्दा सहज भएको बताए । आमा र बच्चालाई चेकजाँच गरि सल्लाह सुझाव दिएको हुनाले सहजभएको उनले बताए ।

आमा र बच्चालाई समस्या देखिएमा औषधीउपचार गर्ने र नजिकको स्वास्थ्य संस्थामा जानका लागि सल्लाह दिने गरिएको सिनियर अनमी सुनिता कँडेलले बताइन।उनले कतिपय आमा र बच्चा त नर्मल अवस्था रहेका हुन्छन् भने कतिपयमा त विभिन्न समस्या देखिने गरेको बताइन् ।

सिनियर अनमी कँडेलका अनुसार घरमा सामान्य कुराहरू नजान्दार  ख्यालनगर्दा आमा र बच्चालाई समस्यापर्ने गरेको छ ।गर्मीमा समेत बच्चालाई कपडामागुम्स्याएर राख्ने, अँध्यारो र धुँवाभएको कोठामा राख्ने, आमा र बच्चालाई ननुहाइदिने गरेको पाइन्छ । त्यसैगरी आमालाई खानाबारेर पर्याप्त पोषिलो खानेकुरा खाननदिने, आमाको टाँकाफुस्केने वापाक्ने, बच्चाको नाभिपाक्ने, बच्चाघाममा नराखेको कारणपहेलो देखिने गरेको समेत पाइएको उनले बताए ।सिनियर अनमीकँंडेलकाअनुसार सुत्केरी मध्ये ४० प्रतिशतमा विभिन्न समस्यादेखिने गरेको र १० प्रतिशत नगर अस्पतालमा रेफर गर्नुपर्ने पाइने गरेको छ ।

बारबर्दिया नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख गोविन्द पौडेलले विगत ३ बर्ष यता सुत्केरी र नवजातशिशुको चेकजाँचका लागि सबै ठाउँमा स्वास्थ्यकर्मी पठाउने गरेको बताए । गतबर्षदेखि थपकडाइका साथलागु गरेको हुनाले ८ सय७३ जना सुत्केरीले सेवापाएको बताए ।आमा र बच्चाको स्वास्थ्यलाई मध्येनजर गर्दैसेवा थप गर्दैजाने योजना रहेको उनले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार