मुख्य समाचार
पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना | भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद | काँग्रेसमा गुट-उपगुट अन्त्य गरी पार्टीलाई एकढिक्का बनाउन नेताहरूको जोड | प्रधानमन्त्री शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने |

नेपालमा कम्युनिष्ट पार्टी जन्मिएपछि लाभैलाभ भएको छ : ओली

Ujyalosandeshonline 12547+ समाचार ( )
१० वैशाख २०८१, सोमबार

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले साढे पाँच लाख सदस्य भएको एमालेमा कोही एक जनाले बोल्दा जिब्रो लटपटियो भने हंगामा हुने गरेको बताएका छन् । 

सोमबार नेकपा स्थापनाको ७६ वर्ष लागेको अवसरमा आयोजित हीरक महोत्सवलाई सम्बोधन गर्दै उनले साढे पाँच लाख सदस्य भएको एमालेमा कोही एकजनाले बोल्दा जिब्रो लटपटियो भने हंगामा चल्ने भएकाले एमाले सतर्क रहनुपर्ने र एमाले एकताबद्ध हुनुपर्ने जिकिर गरे । 

‘यत्रो पार्टीमा पाँच लाख भन्दा बढि सदस्य छन् । कोही एक जनाले कहींकतै वोल्दाखेरी अलिकति जिब्रो चिप्लियो भने समाचार बन्छ । हंगामा चल्छ । बिभिन्न पक्षमा आशा पलाउन थाल्छ, यसमा सतर्क हुने कुरा मात्र हो ।’

उनले भने,‘नेकपा एमाले आज एकताबद्ध, एक ढिक्का छ र एकताबद्ध रहनेछ । एमालेले आफ्नो काँधमा अभिभारा रहेको बुझेको छ । समृद्ध नेपाल सुखी नेपाली बनाउन हामीले गर्छौ भनेका छैनौं । अरु साथीहरुलाई पनि साथ लिएर गर्ने भनेका हौं । तर यसको अगुवाइ एमालेले गर्नुपर्छ । हामीले पदको होइन विचारको अगुवाइ गर्दै आएका छौं । सरकारमा होस कि नहोस् ।’

उनले कम्युनिस्ट जन्मिएपछि राणा शासन अन्त्य भएको र  देशमा उथलपुथल भएर जनताले जित्दै आएको कुरा स्मरण गरे । नेपालमा पनि कम्युनिस्ट पार्टी जन्मिएपछि लाभैलाभ भएको बताए ।  

उनले भने,‘कम्युनिस्टको जन्म भयो कि यहाँ राणा शासन विरोधी आन्दोलनदेखि राणा शासन फ्याँकिनेदेखि अनेक खालका उथलपुथल भइरहेका छन् । तर अन्तिममा जनताले जित्दै आएका छन् । गाउँतिर भन्छन् नि मेरो त छोरी जन्मिएपछि लाभैलाभ भएको छ । नेपालमा पनि कम्युनिस्ट पार्टी जन्मिएपछि लाभैलाभ भइरहेको छ ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार