मुख्य समाचार
अर्थमन्त्री डा वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच अमेरिकामा द्विपक्षीय भेटवार्ता | लालबकैया तटबन्ध मर्मत तथा विस्तारको माग गर्दै प्रधानमन्त्रीसमक्ष निवेदन | सुन्तलामा रोग लागेपछि किसान चिन्तामा | लुम्बिनी र सीमावर्ती पर्यटन प्रवर्द्धनका लागि भैरहवामा दुई दिने सडक खाना महोत्सव | नारायणी नदीले बगाएको राइनो क्रुज अझै झिक्न सकिएन | व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल | भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार |

कांग्रेस १५औँ महाधिवेशनः वडा अधिवेशन भदौ २४ देखि, केन्द्रीय महाधिवेशन असोज १६ देखि १९ सम्म

Ujyalosandeshonline 12461+ समाचार ( )
२ भाद्र २०८३, मङ्गलबार

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गतको वडा अधिवेशन भदौ २४ देखि सुरु हुने भएको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काले आज एक विज्ञप्ति जारी गरी १५औँ महाधिवेशनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गर्नुभएको हो । निर्वाचन समितिका अनुसार भदौ २ देखि १० गतेसम्म निर्वाचन प्रतिनिधि अभिमुखीकरण, भदौ ११ गते जिल्ल्लामा निर्वाचन अधिकृत खटाउने, भदौ १५ गते वडामा निर्वाचन प्रतिनिधि खटाउने, भदौ १६ देखि २० गतेसम्म वडामा अभिमुखीकरण तालिम, भदौ मसान्तभित्र बाँकी रहेका जनसम्पर्क समितिको अधिवेशन सम्पन्न गर्ने कार्यतालिका तोकिएको छ ।

भदौ २४ गते छ हजार ७४३ वटै वडामा अधिवेशन, भदौ २७ गते गाउँ/नगरपालिका अधिवेशन, भदौ ३१ गते प्रदेशसभा क्षेत्रीय अधिवेशन, असोज ३ गते एकमात्र क्षेत्र भएको जिल्ला अधिवेशन, असोज ७ गते जिल्ला अधिवेशन, असोज १० गते प्रदेश अधिवेशन र असोज १६ देखि १९ गतेसम्म केन्द्रीय महाधिवेशन सम्पन्न गरिने कार्यतालिका रहेको छ । निर्वाचन समितिका अनुसार हालसम्म अमेरिका, जापान, फ्रान्स, दक्षिण कोरियालगायत १५ वटा देशका जनसम्पर्क समितिको अधिवेशन सम्पन्न भइसकेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार