मुख्य समाचार
भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार | पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन | निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छः संयोजक दाहाल | कांग्रेसले आफूलाई समयअनुसार रुपान्तरण गरेको छ : डा भट्टराई | कर्णाली राजमार्गमा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा | दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त | नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै |

भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित

Ujyalosandeshonline 12456+ समाचार ( )
१९ अशोज २०८३, सोमबार

रूपन्देही । भैरहवास्थित भीम अस्पतालमा आज सञ्चालित शारीरिक अपाङ्गता घुम्ती शिविरबाट ८१ जना स्थानीय बालबालिका लाभान्वित भएका छन् । सिद्धार्थनगर नगरपालिका र अपाङ्ग बाल अस्पताल तथा पुनःस्थापना केन्द्र (एचआरडीसी) बनेपाको आयोजना तथा स्थानीय भीम अस्पतालको समन्वयमा शिविर सञ्चालन भएको हो ।

आयोजकका अनुसार शिविरमा ७५ जना बालबालिकाले फिजियोथेरापी सेवा लिएका थिए । तीमध्ये १० जनालाई विशेष प्रकारका सहायक जुत्ता वितरण गरिएको थियो । चार जनालाई ‘प्लास्टरर’ लगाइएको छ भने ३७ जना बालबालिकाको ‘अर्थोपेडिक’ सहायक सामग्रीका लागि नाप जाँच गरिएको छ । त्यसैगरी १० जना बालबालिकालाई शल्यक्रियाका लागि मिति तोकिएको र तीन जनालाई चिकित्सकसँग थप परामर्शका लागि समय मिलाइएको आयोजकले जनाएको छ ।

यसै सन्दर्भमा आयोजित कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाका उपप्रमुख उमा अधिकारीले केही वर्षदेखि विशेषज्ञ चिकित्सकको संलग्नतामा शिविर सञ्चालन गरिँदै आएको जानकारी गराउँदै स्थानीयतहमा हुने यस किसिमका घुम्ती शिविरबाट बिरामीको उपचार खर्च र समयको बचतसहित चिकित्सकीय सेवा प्राप्त गर्न सहज हुने धारणा व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार