मुख्य समाचार
विद्यार्थीलाई ट्राफिक व्यवस्थापन सिकाउँदै प्रहरी उपरीक्षक पाण्डे | श्रीराम ग्यास उद्योगको गोदाममा छ हजार सिलिन्डर लुकाएको भेटियो | अर्घाखाँचीमा १५ जनाले लिए ३९० घण्टे मन्टेश्वरी तालिम, स्वरोजगार बन्न सघाउ पुग्ने विश्वास | अर्घाखाँचीको आर्थिक अवस्था पहिचान गर्न आर्थिक गणना कार्यालय स्थापना | सोह्र औषधि पसल निलम्बनमा | सिकार खेल्न गएका छ जना नौ दिनदेखि सम्पर्कविहीन | सारसको रोजाइमा लुम्बिनी : स्थानीयको संरक्षणले फस्टाउँदै प्रजननस्थल | वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी | अर्घाखाँचीमा पेट्रोलियम पदार्थको अभाव छैन, कालोबजारी गर्नेलाई कडा कारबाही गर्ने प्रशासनको चेतावनी | अर्घाखाँचीमा वन डढेलो नियन्त्रणका लागि मिनी दमकलसहित दस्ता परिचालन, २४ घण्टामै अनलाइन रिपोर्टिङ गरिने |

एमाले निर्णय : प्रदेश इन्चार्ज तोकियो, विभिन्न पदमा मनोनयन गरियो

विवेक विश्वकर्मा 26+ समाचार ( )
१७ श्रावण २०८१, बिहीबार

काठमाडौं । नेकपा एमालेले सातवटै प्रदेशमा नयाँ इन्चार्जहरु तोकेको छ । बिहीबार बसेको सचिवालय बैठकले सातवटै प्रदेशमा इन्चार्ज तोकेको महासचिव शंकर पोखरेलले जानकारी दिएका छन् । यस्तै, उनले कोशी प्रदेशमा शेरधन राई, मधेश प्रदेशमा लीलानाथ श्रेष्ठ, बागमतीमा डा.राजन भट्टराई, गण्डकीमा किरण गुरुङ, लुम्बिनीमा पद्मा अर्याल कर्णालीमा गोरखबहादुर बोगटी र सुदूरपश्चिममा लेखनाथ भट्ट रहने गरि ईन्चार्ज तोकिएको बताए । 

उनले भने,‘बैठकले कार्यविभाजनको काम गरेको छ । यसमा प्रदेश इन्चार्जहरु तोक्ने काम भएको छ । जसमा शेरधन राई, कोशी, लीलानाथ श्रेष्ठ मधेश,डा. राजन भट्टराई, बागमती, किरण गुरुङ, गण्डकी, पद्मा अर्याल, लुम्बिनी, गोरखबहादुर बोगटी, कर्णाली र लेखनाथ भट्ट, सुदूरपश्चिम प्रदेशगरि तोकिएको छ ।’

यसको साथै, उपाध्यक्षको रिक्त पदमा स्थायी कमिटिका सदस्य गुरु बराललाई मनोनयन गर्ने, आन्दोलनका अग्रज नेता मुकुन्द न्यौपाने र मधेश प्रदेशका पोलिटब्यूरो सदस्य लिलानाथ श्रेष्ठ दुईजनालाई पार्टी स्थायी कमिटिको सदस्यमा मनोनयन गर्ने निर्णय भएको छ ।

यस्तै,सुवास कर्माचार्य (सिन्धुपाल्चोक), कुन्दन कुशवाह (रौतहट), जितेन्द्र देव (सप्तरी), रामपृत राम (सिरहा), कृष्णभक्त पोखरेल (चितवन), कमलकृष्ण तिमिल्सिना (अछाम),गोविन्द पुन (सल्यान), केदार सिग्देल (तनहुँ), मनमोहन पौडेल (पर्वत), भरदेव जोशी (दार्चुला), हरि उप्रेती (सर्लाही), इन्द्र भण्डारी (झापा), महेश बर्तौला (मकवानपुर), सरिता भुसाल (किसान महासंघ), प्रभा बराल (कास्की),मञ्जु शर्मा चालिसे (बागलुङ) र आशा जवेगु (पाँचथर) गरि १७ जनालाई केन्द्रीय सदस्यमामनोनित गर्ने निर्णय पनि भएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार